एमाले बागमती प्रदेश कमिटीबाट नुवाकोट र रसुवाका नेताको जिम्मेवारी हेरफेर

  • त्रिशूली प्रवाह
  • २२ कार्तिक २०८१, बिहीबार ०८:२७

काठमाडौंँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले), बागमती प्रदेश कमिटीको गत महिना सम्पन्न सचिवालयको तेस्रो पूर्ण बैठकले पदाधिकारी र सदस्यको जिम्मेवारी पार्टी केन्द्रीय कार्यालयको निर्देशनका आधारमा हेरफेर गरेको छ । बागमती प्रदेश कमिटीको कार्यालय च्यासल ललितपुरमा बसेको सचिवालय बैठकले नुवाकोट र रसुवासहित १३ जिल्लाका नेताको सक्रियताका आधारमा जिम्मेवारी हेरफेर गरेको हो ।

बैठकले नुवाकोट, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १, प्रदेश क्षेत्र नं क का इन्चार्जमा बलराम आचार्य र खका इन्चार्जमा काशीराज अधिकारीलाई जिम्मेवारी दिएको छ । त्यसैगरी प्रतिनिधिसभा, निर्वाचन क्षेत्र नं २, प्रदेशसभा क्षेत्र नं कका इन्चार्जमा ठाकुरप्रसाद गजुरेल र निर्वाचन क्षेत्र नं खका इन्चार्जमा सञ्जु पण्डितलाई जिम्मेवारी प्रदान गरिएको छ । पण्डितलाई यसअघि तारकेश्वर गाउँपालिकाका इन्चार्ज तोकिएको थियो । विगतमा प्रदेशसभा इन्चार्ज रहेका पूर्णलाल श्रेष्ठ, क्षेत्रीय इन्चार्ज रहेका गणेशकुमार श्रेष्ठ र बलराम आचार्यको जिम्मेवारी तल झरेको छ । नुवाकोटबाट प्रदेश कमिटीमा १५ जना निर्वाचित र तिन जना ठाकुरप्रसाद गजुरेल, नवराज ओझा र जितेन्द्र विष्टसहित १८ जनाको प्रतिनिधित्व छ ।
प्रदेश कमिटीका अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलका अध्यक्षतामा बसेको बैठकमा महासचिव शङ्कर पोखरेल र पार्टी स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज डा राजन भट्टराईको उपस्थिति थियो । बैठकले नुवाकोटबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटीका सदस्य कृष्णप्रसाद लामिछानेलाई तादी, अजितमान तामाङलाई दुप्चेश्वर, कल्पना नेपाललाई लिखु, गणेशकुमार श्रेष्ठलाई ककनी, गीताकुमारी दाहाललाई तारकेश्वर, पूर्णलाल श्रेष्ठलाई पञ्चकन्या, श्रीमाया लामा तामाङलाई किस्पाङ, नवराज ओझालाई सूर्यगढी र जितेन्द्र विष्टलाई शिवपुरी गाउँपालिका तथा प्रल्हाद प्याकुरेललाई विदुर र बिन्दा नेपाललाई बेलकोटगढी नगरपालिकाका इन्चार्जको जिम्मेवारी दिएको छ । प्रदेश कमिटीमा नुवाकोटबाट प्रतिनिधित्व गर्ने विष्णु लोहनीले ऊर्जा, जलस्रोत तथा सिंचाइ विभागका प्रमुख र सरस्वती थापाले सङ्गठन विभाग सदस्यको जिम्मेवारी पाएका छन् । एमालेले मिसन ८४ लाई प्रभावकारी र परिणाममुखी बनाउन ‘जनताको घरदैलो अभियान’ सञ्चालन गर्न पार्टीमा क्रियाशील सबैलाई समेट्ने निर्णयसमेत गरेको छ । जिल्लामा नअटेका नेतालाई पार्टीले प्रदेश सल्लाहकार परिषद् सदस्यमा मनोनयन गरेको छ । नुवाकोटबाट सल्लाहकार परिषद्मा गोकर्ण पाठक, ठाकुर पुडासैनी, मुकुन्द आचार्य, श्रीमान तामाङ, सावित्री प्याकुरेल, रामहरि न्यौपाने, गोपाल सापकोटा, नारायण सापकोटा, नारायण कँडेल, रामजी विक, दिनेश अधिकारी, घकुमार लामा, जितबहादुर घले, जितबहादुर तामाङ, हरिबहादुर तामाङ, मेन्चुङ तामाङ र कुलबहादुर पौडेल मनोनीत भएका छन् ।

त्यसैगरी प्रदेश कमिटी बैठकले रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा चमेली सुनार, उत्तरगया गाउँपालिकामा सरिता लम्साल, गोसाइँकुण्ड गाउँपालिकामा कर्णेल लामा, कालिका गाउँपालिकामा उद्धव रिजाल र नौकुण्ड गाउँपालिकामा कुलप्रसाद भट्टलाई इन्चार्जको जिम्मेवारी दिएको छ । प्रदेश कमिटीका सचिव नवराज सिलवालका अनुसार रसुवाका सुमन भट्टलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ विभागका प्रमुख, विष्णुप्रसाद देवकोटालाई पार्टी स्कुल विभाग सदस्य, रितुपेमा तामाङ स्याङ्बालाई सङ्गठन विभाग सदस्यमा मनोनयन गरिएको छ । रसुवाबाट प्रदेश सल्लाहकार परिषद् सदस्यमा टासीब्लोन तामाङ, तेम्रेल तामाङ, राजाराम थोक्रा, अर्जुन पौडेल, मनकाजी गेवा, सिङ्गीढिन्दुप तामाङ, धनबहादुर तामाङ, सुब्बा लामा, डिल्ली सुवेदी, फिसान्टु तामाङ, गङ्गालाल डङ्गोल र चित्रकुमारी न्यौपाने मनोनीत भएका छन् ।