कांग्रेसको सती जाँदै एमाले

रत्ननिधि शुक्राचार्य

  • त्रिशूली प्रवाह
  • २२ कार्तिक २०८१, बिहीबार ०८:४७

नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनको सरकारले भर्खरै मात्र सय दिन पार गरेको छ । प्रजातान्त्रिक देशमा हनिमुन डेजलाई सरकारको भावी कार्ययोजनाको लक्षणका रूपमा हेर्ने गरिन्छ । यस सय दिनले भविष्यमा सरकार कसरी अगाडि बढ्छ भन्ने कुराको तय गर्ने ठानिन्छ । भन्न त मधुमासका उपलब्धिबारे वर्तमान सरकार आफैंले भनिसकेको छ र आफूले ७० प्रतिशत काम गरेको जिकिर गरेको पनि छ । सरकारले राम्रो ग¥यो या गरेन, त्यो आफ्नै ठाउँमा छ, तर ऊ स्वयंले यस्तो जिकिर गर्ने होइन, त्यो त जनताले अनुभूति गर्ने कुरा हो । व्यवहारमा चाहिँँ सरकारले जिकिर गरेअनुसार नै उपलब्धि भयो भन्न सकिने ठाउँ छैन । वर्तमान सरकार संविधान संशोधन र सुशासन दिने मुख्य कार्यसूचीमा गठन भएको थियो । त्यसबारे सय दिनमा कतै केही गरिएको छनकसम्म सरकारले दिन सकेन । उसो भए सरकार पूरै असफल भएको हो त भन्ने प्रश्न उठ्न सक्छ, त्यो पनि होइन । कुनै पनि व्यक्तिका गुण र दोष अवश्य हुन्छन् । तिनै व्यक्ति गएर सरकार बन्ने हुँदा कुनै पनि सरकार पूरै राम्रो, सबल र चित्तबुझ्दो हुँदैन । मानिस भएका नाताले हरेकभित्र असन्तोष हुन्छ नै । मानिस जति विकसित भए पनि, जति सम्पन्न भए पनि केही नभएको अनुभूति गरिरहन्छ । भनाइ नै छ, असन्तोष र घमण्ड विकासको कारण हो र लोभ, मोह, दम्भ, पक्षपात र स्वार्थ विनाशको कारण हो । संसारका कुनै पनि व्यक्ति वा दल यही काणले पतन भएका थुप्रै उदाहरण पनि छन्, तसर्थ कुनै पनि दल वा व्यक्ति दम्भ र स्वार्थ लिप्सारहित हुँदैहुँदैनन् । जस्तोसुकै महात्मामा पनि जीवन जिउने स्वार्थ हुन्छ । मानिस सकेसम्म सुखी र सम्पन्न हुन लालायित हुन्छ नै । तसर्थ वर्तमान सरकारका सय दिन पूरै राम्रा थिए भन्ने होइन ।

सरकार बनाउँदा नै साझा कार्यक्रम ल्याइएन । भनौंँ भने सरकार बनाउने दलहरूले सरकारले यो यो गर्ने, यो यो नगर्ने भन्ने नीति केन्द्रीय कमिटी वा समितिबाट पारितै गर्नुपथ्र्यो, त्यसो गरिएन । केवल दुईचार नेता बसेर यसो यसो गर्ने भनेर सरकारका कामकाजबारे तय गरियो । यो गै¥हसंसदीय भयो । संसदीय व्यवस्थामा पार्टीगत निर्णय सर्वोपरि हुन्छ । अर्को कुरा, दुई ठुल्ठुला दल मिलेर सरकार चलाउनु भनेको अन्तिम विकल्प हो । यदि यस्तो सरकार असफल भए के हुन्छ भन्ने यकिन गरेर मात्र सरकार बनाउनु उत्तम हुन्छ । त्यसबारे दुई दलको बैठक बसेर छलफल गरिएको पनि सुन्न पाइएन । झन् साझा कार्यसूची त हुँदै भएन । हामीले खेतबारी जोत्दा पनि हलो, हल गोरु, जुवा, जोतारा आदि सबै मिलाएर गोरु नाछौं, यति सामान्य कुरामा त सबै मिलाउनुपर्छ भने यत्रो सरकार चलाउँदा एजेन्डा चाहिँदैन र ? त्यसकारण सरकार बन्दा सुरुमै कमजोरी भएको छ । साझा एजेन्डाबिना सरकार ठीक गतिमा चल्न सक्दैन । यसतर्पm ध्यान दिइएको पाइएन ।

सिद्धान्ततः कांग्रेस र एमालेको गठजोड देखिए पनि व्यवहारतः कांग्रेसको, त्यो पनि शेरबहादुर देउवा र गगनकुमार थापाको अभीष्ट एमालेले पूरा गर्नुपर्ने जस्तो देखियो । यसबारे एमालेले समीक्षा गरेको छ कि छैन ? गरेको छैन भने गरोस् : सरकारको अहिलेको कदमबाट एमालेलाई बढी घाटा भएको छ । गत निर्वाचनमा एमाले सबभन्दा लोकप्रिय पार्टी ठहरिएको थियो । संसद्मा कांग्रेस ठुलो देखिए पनि समानुपातिक मतमा एमाले ऊभन्दा निकै अगाडि रहेको थियो । यो लोकप्रियता अझ बढ्न सक्ने देखेर देउवा–थापाले एमालेबाट आफ्नो अभीष्ट पूरा गर्न मात्र यस्तो हर्कत गरेका रहेछन् भन्ने कुरा रवि लामिछाने पक्राउको घटनाले पुष्टि गर्छ । विशेष गरी देउवाको फुटाउ र शासन गर भन्ने कुटिलता पहिले पनि देखिएको हो । यसबाट एमाले अनभिज्ञ छ जस्तो लाग्दैन । यस गठबन्धनले एमालेलाई बढी घाटा हुने लक्षण यही सय दिनदेखि सुरुआत भएको महसुस हुन्छ । वास्तवमा गिरिजाप्रसाद कोइराला र देउवा कांग्रेसमा जहिल्यै शक्तिशाली भइरहे पनि आमकांग्रेसीजन भने यिनीहरूका क्रियाकलापबाट सन्तुष्ट थिएनन् र छैनन् पनि । गएको निर्वाचनमा पनि देउवा–थापाले स्वार्थलिप्साका कारण आफैंलाई काट्ने, मार्नेसित चुनावी गठबन्धन गरे । प्रायः एमालेलाई शत्रुवत् व्यवहार गर्दै आएका देउवा–थापाले अहिले ओलीमार्फएमालेलाई थप कमजोर बनाउन मात्र भूमिका खेलिरहेको प्रतीत हुन्छ । कांग्रेसमा सबै नराम्रा छन् भन्ने होइन, राम्रा मानिस प्रशस्त छन्, तर असल कार्यकर्ता सधैंँ ओझेलमा छन् । यसको ज्वलन्त उदाहरण हिजो प्रदीप गिरी थिए भने आज अर्जुननरसिंह केसीलगायत थुप्रै छन् । भनौंँ भने देउवाका समकालीन केसी आज कुनै महत्त्वपूर्ण पदमा छैनन् । अहिले केसीजस्ता अब्बल नेताको कुरा कांग्रेसमा सुनुवाइ नै हुँदैन । त्यसकारण आजको कांग्रेसमा असल नेतृत्व छैन । जताततै फटाहा, लुटाहा र भ्रष्टको बोलवाला छ । अघिल्लो सरकारले थालेको भ्रष्टाचार विरोधी अभियानलाई ओलीमार्पmत देउवा–थापाले अन्यत्र मोडिरहेका छन्, यो कुरा ओली वरिपरि रहेका मानिसहरूले किन बुझिरहेका छैनन्, आश्चर्य लागेको छ । सरकारले सय दिनमा गरेका काममा यो कुरा प्रस्ट देखिएको छ । हेक्का रहोस्, कांग्रेस र एमाले पार्टीलाई विशाल बनाउन हजारौंँको पसिना बगेको छ, रगत बगेको छ, सयौंँ सहिद भएका छन् भने हजारौंँको घरबास उजाड भएको छ । यस्ता दललाई दुई चार नेताले निरन्तर ओहालो लगाउँदै छन् । यसतर्फ एमाले र कांग्रेसका कार्यकर्ताले बेलैमा बुझेर त्यस्ता स्वार्थी नेताहरूलाई उखेलेर फाल्न जरुरी भइसकेको छ ।

वर्तमान सरकार असफल भएमा देशमा राष्ट्रपति शासन लागु हुन सक्छ । त्यहाँ पनि कांग्रेसकै वर्चस्व छ, तर राष्ट्रपति पनि असफल भए सेनाले देश जिम्मा लिनुपर्ने स्थिति आउन सक्छ । यसतर्फ नेताहरूले त्यति सोचेजस्तो लाग्दैन । अहिले त सरकारले सामान्य कुराहरूमै पनि ध्यान दिएको देखिएन, जस्तै महँगी, कालोबजारी, भ्रष्टाचार र बेथिति आदिमाथि नियन्त्रण कायम गर्न सकेन । अब भ्रष्टाचार नियन्त्रण र सुशासनको कुरा त आकाशको फलजस्तै हुन पुगेको छ । जहाँसम्म सुशासनको कुरा छ, त्यसमा पनि सन्तोष मान्ने ठाउँ छैन । भर्खरै पनि सहकारी भ्रष्टाचारमा दुई ठुला नेताहरूको नाम जोडिएर आयो, ती व्यक्ति खुलेआम भाषण छाँटिरहेछन्, उता रवि लामिछानेलाई संसदीय छानबिन समितिले सहकारीबाट रकम लिएको नदेखिएको प्रतिवेदन दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा लिइएको छ । यसमा वर्तमान गृहमन्त्रीले सिधै पूर्वाग्रह राखेको देखिन्छ । कांग्रेसमा पनि विशेषतः देउवा–थापा समूहले लामिछानेमाथि इबी साँधे पनि यसले राष्ट्रिय स्वतन्त्र पार्टी र एमालेबीच टकराव ल्याउने हुँदा यस प्रकरणले एमालेको छविमाथि नकारात्मक प्रभाव पार्ने देखिन्छ । उता भाटभटेनी मालिक काण्डले पनि एमालेलाई गम्भीर असर पार्न सक्ने छ । यस्तो परिस्थितिमा तत्कालै एमालेले सत्ता साझेदारी छाड्नु राम्रो हुनेछ । एमालेलाई सरकारमा ल्याएर कांग्रेसले माओवादी, रास्वपा र एमालेबीच फुट ल्याइरहेको छ । यसरी अरूमाथि कुटिल चाल चल्नु फोहोरी राजनीतिको द्योतक हो । एमालेजस्तो पार्टीले किन यो कुरा बुझिरहेको छैन ? सरकारका सय दिनमै सबै देखिइसक्यो त । ओलीले के कुरा बुझ्नु जरुरी छ भने यी सबै दलमा अनेकता हुनेबित्तिकै देउवाले समर्थन फिर्ता लिनेछन् । अहिलेको स्थिति हेर्दा ओली त देउवाले अ¥हाएको मान्ने पात्रका रूपमा मात्र प्रस्तुत भएझैं देखियो । अर्थात् देउवा–थापाले लामिछाने थुन् भन्दा थुन्ने, भोलि नारायणकाजी श्रेष्ठमाथि पनि यस्तै स्थिति आउला । त्यसकारण एमालेले यो कुरा बेलैमा बुझ्दा राम्रो होला ।

अर्कातर्फ भ्रष्टाचार निवारणसम्बन्धी कार्यमा सरकारको भूमिका पनि फितलो देखियो । सबैलाई थाहा छ, नक्कली भुटानी प्रकरणले देउवा–थापा एमालेलाई हतियार बनाएर पानीमाथिको ओभानो बन्ने धुनमा छन् । यस प्रकरणले अन्ततः एमालेलाई नोक्सान मात्र गर्ने छ । एमालेले लड्ने देश र जनताका निम्ति हो, देउवा–थापाका लागि सती जाने होइन । कांग्रेस र देउवा–थापा भिन्न कुरा हुन् । कांग्रेसमा गिरिजापछि देउवा सबभन्दा भ्रष्ट व्यक्ति हुन् भने थापा पनि बाख्रा काण्ड लागेका व्यक्ति हुन् । धनराज गुरुङदेखि थुप्रै सहकारी काण्डका नायकहरू कांग्रेसभित्र छन्, तर ती असल कांग्रेसी होइनन्, कांग्रेसमा लागेका ऐंजेरु मात्र हुन् । त्यस्तासित एमालेले साझेदारी गर्नु स्वयं आपूm नै सकिनु हो । एमालेलाई समाप्त बनाउने खेलमा उनीहरू दिलोज्यानले लागेका छन् । तर एमाले किन बुझिरहेको छैन ? यही रवैयामा फस्दै जाने हो भने एमालेले लोकप्रियता गुमाउने छ । एमाले सकिएपछि माओवादी बढ्ने छ, माओवादी बढेपछि लोकतन्त्रको स्थिति अर्कै हुनेछ । सरकार नै ठुलो कुरा होइन । एमालेले भविष्यलाई हेर्नुपर्छ । अब कांग्रेस कार्यकर्ताले पनि पार्टीका फोहोरी कुडाकर्कटलाई बेलैमा बढार्नु उचित हुनेछ । नत्र भने एमाले–कांग्रेस कमजोर बन्ने निश्चित छ । यसले समग्र लोकतन्त्रमाथि नै खतरा ल्याउने प्रस्ट छ ।