Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

ककनीसहित ४४ पदमा उपनिर्वाचन

ककनीसहित ४४ पदमा उपनिर्वाचन
त्रिशूली प्रवाह
१ साल अगाडी

काठमाडौंँ । स्थानीय तहका ४४ रिक्त पदमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । नुवाकोटको ककनी–२ सहित ३५ वटा वडामा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचनमा जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिका प्रमुख र उपप्रमुख एकएक, गाउँपालिका अध्यक्ष दुई र उपाध्यक्ष तिन तथा ३५ वटा वडामा अध्यक्ष पद रिक्त छ । ककनी गाउँपालिकामा नेपाली कांग्रेसका तर्फबाट गत स्थानीय तहको निर्वाचन २०७९ मा निर्वाचितको मृत्युपछि पद खाली थियो । उक्त वडामा कांग्रेसले सूर्य रूम्बा तामाङ र नेकपा (एमाले) ले यमबहादुर तामाङलाई उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत साना दलले एक्लाएक्लै उम्मेदवार दिने कि गठबन्धन गरेर साझा उम्मेदवार दिने भन्नेबारेमा छलफल गरिरहेका छन् । सत्तारूढ दुई ठुला दल कांग्रेस र एमाले छुट्टाछुट्टै उम्मेदवार दिने दलबाट निर्णय गराएर तयारीमा जुटिरहेका छन् ।

उपनिर्वाचन हुने स्थानीय तहमध्ये सबैभन्दा धेरै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् । कांग्रेसबाट निर्वाचित पालिका प्रमुख तिन, जिसस प्रमुख, उपप्रमुख र उपाध्यक्ष दुई तथा वडाध्यक्ष १६ जना छन् भने एमालेबाट निर्वाचित वडाध्यक्ष सात छन् । माओवादी केन्द्रबाट निर्वाचित दुई उपाध्यक्ष र ६ वडाध्यक्षको निधन भएको छ भने जसपाबाट निर्वाचित एक र स्वतन्त्रबाट निर्वाचित एक वडाध्यक्षको पनि देहावसान भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह