हरेक वर्ष चाडपर्वमा जुवातास नखेल्न प्रशासनले उर्दी जारी गरे पनि लुकिछिपी खेलाउने र खेल्ने गरेकोे तेस्रो आँखाले चाल नपाउने कुरै भएन । विगतमा श्री ३ जङ्गबहादुरले टुँडिखेलबाट जुवा फुकेको घोषणा गर्दा देशैभरि सबैका लागि फुक्थ्यो । आजभोलि सामाजिक सञ्जालमा छरछिमेकीले प्रहरी प्रशासनलाई सुटुक्क उजुरी गर्दा विदुर नगरका जनप्रतिनिधि थलामै पक्राउ परेकाले मेयर सा’पको प्रेसरको ग्राफ बढेको हेर्न प्रशासनलाई अप्ठ्यारो छ । देशले राजस्वको स्रोतका रूपमा तास र कौडा आयात गर्ने, व्यवसाय दर्ता गरेर बेच्न दिने, तर खेल्न नपाउने यो राणाशासनभन्दा चर्काे कानुन फेर्न काङ्ग्रेस नुवाकोटले सिडियोमार्फत केन्द्रीय सरकारका गृहमन्त्रीलाई दबाब दियो भने आश्चर्य नमाने हुन्छ कोइराला सा’प !