परीक्षण उत्पादनको तयारीमा रसुवागढी जलविद्युत् आयोजना एक महिनामा व्यावसायिक उत्पादन थालिने

  • त्रिशूली प्रवाह
  • ६ मंसिर २०८१, बिहीबार ११:५६

धुन्चे । रसुवा जिल्लामा रसुवागढी जलविद्युत् आयोजना सम्पूर्ण निर्माण पूरा भएर परीक्षण उत्पादनको तयारीमा रहेको छ । यस आयोजनाले १११ मेगावाट विद्युत् उत्पादन परीक्षण सुरु गर्न लागेको हो । आयोजनाले इलेक्ट्रो मेकानिकल उपकरण परीक्षणका लागि विद्युत् (इयाक चार्ज) नपाउँदा परीक्षणसमेत ढिला भएको थियो । आयोजनाले कात्तिक २५ गतेबाट इयाक चार्ज पाएपछि हाल इलेक्ट्रो मेकानिकल उपकरणको परीक्षण भइरहेको आयोजना प्रमुख सत्यराम ज्याख्वाले बताए ।

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका १ र १२ मा निर्माण भएको यो आयोजनाले यसै हप्ताबाट परीक्षण स्थापित रसुवागढी हाइड्रोपावर कम्पनीको प्रवद्र्धनमा निर्माण भएको यो ‘आयोजना सञ्चालनमा ढिलाइ हुँदा पहिला परीक्षण गरिएका उपकरण पनि अहिले दोहो¥याएर परीक्षण गर्नुपर्ने भएको छ,’ प्रमुख ज्याख्वाले भने, ‘कुनै ठुलो खराबी नआए अबको तीन–चार दिनभित्र आयोजनाको नोलोड चार्ज सुरु हुनेछ ।’ विद्युत्को परीक्षण उत्पादनका लागि भने अझै केही दिन लाग्ने देखिएको उनले बताए । ‘मेसिनहरू जडान गरेर लामो समय राख्दा त्यसको जडित कतिपय इलेक्ट्रोनिक्स चिप्सहरूमा सिङ्गल नआउने, राम्ररी काम नगर्नेजस्ता समस्या देखिँदारहेछन्,’ उनले भने, ‘लामो समय राखिएका मेसिनहरूको ‘आइचर भ्यालु’ पनि घट्दै जाँदोरहेछ । त्यस्ता मेसिन चलाउन बिस्तारै हिटिङ गर्दै चलाउनुपर्ने हुन्छ । यसका लागि केही दिन आवश्यक पर्नेछ ।’ आयोजनाको इलेक्ट्रो मेकानिकल उपकरणको परीक्षणका लागि प्राधिकरणले चिलिमे हब सब–स्टेसनमार्फत २०८० माघ २१ गतेदेखि नै १३२ केभी लाइनबाट विद्युत् (इयाक चार्ज) उपलब्ध गराउनुपर्ने ठेक्का सम्झौता र आयोजनासँगको ग्रिड कनेक्सन एग्रिमेन्टको सर्त थियो । तर, झन्डै १० महिनामा विद्युत् उपलब्ध गराउँदा परीक्षण कार्य बल्ल सुरु भएको हो ।

आयोजनाको सिभिल संरचनाको सम्पूर्ण परीक्षण सकेर २०८० माघ २१ ग्ते नै इलेक्ट्रो मेकानिक परीक्षणका लागि ‘मेन इन्लेट भल्ब’मा ‘फुल हेड’ पानी उपलब्ध गराइएको थियो । त्यतिबेलै विद्युत् पाएको भए आयोजनाको इलेक्ट्रो मेकानिकल संरचनाको परीक्षणसमेत सकिने थियो, तर ती उपकरणको आंशिक परीक्षण भए पनि पूर्ण परीक्षण भने विद्युत् अभावका कारण लामो समयदेखि अलपत्र परेको थियो । सम्झौताका सर्तबमोजिम प्राधिकरणका तर्फबाट विद्युत् उपलब्ध नहुँदा आफ्ना कर्मचारी, प्राविधिक तथा श्रमिकको समय खेर गएको, मेसिनहरूको वारेन्टीमा लाग्ने लागत थपिने भएकोलगायत कारण देखाउँदै आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य गरिरहेको ठेकेदार कम्पनी भोइथ इन्डिया लिमिटेडले प्रवद्र्धक रसुवागढी हाइड्रोपावर कम्पनीसँग थप रकम र समयको माग दाबी गर्दै आएको छ । खासगरी आयोजनाको विद्युत् प्रसारणका लागि निर्माणाधीन चिलिमे हक सब–स्टेसन (२२० केभी) र चिलिमेदेखि त्रिशूली ३ ‘बी’ हकसम्मको २२० केभी प्रसारणलाइनको निर्माणमा ढिलाइ हुँदा आयोजनाले इयाक चार्ज पाउन सकेको थिएन । विद्युत् उत्पादन गर्न नपाउँदा गत माघपछि हालसम्म कम्पनीले विद्युत् बिक्रीबाट हुने झन्डै तीन अर्ब रुपैयाँ आम्दानी (साबिकमा दैनिक रु. ९० लाख र वर्षायाममा दैनिक करिब एक करोड २५ लाख) गुमाएको आयोजनाले बताउँदै आएको छ ।

आयोजनाको निर्माण २०७० माघ २३ गतेबाट सुरु भएको थियो भने २०७४ साउनमा सम्पन्न गर्ने लक्ष्य थियो । आयोजनाले काम सुरु गरेको ११ वर्ष पूरा हुँदासम्म पनि सञ्चालनमा आउन सकेको छैन । समयमै निर्माण सक्ने लक्ष्य लिइए पनि भूकम्प, नाकाबन्दीलगायत समस्याले निर्माणमा अवरोध भएपछि आयोजनाको विद्युत् उत्पादन तीनपटकसम्म सारिएको थियो । जसअन्तर्गत २०८० पुससम्म सम्पन्न गर्नुपर्ने समयावधि तोकिएको थियो । आयोजनामा संस्थापक सेयरधनी समूहको ५१ र ४९ प्रतिशत सेयर सर्वसाधारण समूह रहेको छ ।