व्यवसाय धराशायी बन्यो भनेर नथाक्ने व्यापारीलाई नुवाकोटमा इभी माइक्रो बसमा लगानी ओइरिरहेको हेर्नलाई तेस्रो आँखाको निम्तो । नुवाकोट–काठमाडौंको दूरी ४५ किलोमिटरमा भाडा भने कसले तोक्देको हो, सरकारी रेटअनुसारको सय किलोमिटरको भएर होला इभी गाडीको भिडभाडले अन्य सवारीमा लगानी गर्नेहरू हिस्स ! डिजेल गाडीको भन्दा एक बीस (बीस रुपैयाँ) मात्र कम गरेर प्रतिस्पर्धामा इभी गाडी दैडिन थालेपछि ट्राफिक जाम नहुने कुरै भएन । ५० वटा गाडीका लागि पनि यात्रु जुटाउन धौधौ पर्ने यस क्षेत्रमा डेढ सय बिजुली गाडी कमाउन हो कि गुमाउन हो धुलो उडाइरहेको देख्दा नागरिक अधिकारकर्मी बेखबर ।