पाञ्चायन धाम बट्टारमा बाला चतुर्दशी मेला लाग्ने

  • त्रिशूली प्रवाह
  • ६ मंसिर २०८१, बिहीबार १३:०१

नुवाकोट । बाला चतुर्दशीका अवसरमा पाञ्चायन देवता मन्दिरमा यस वर्षदेखि मेला लाग्ने भएको छ । यही मङ्सिर १५ गते पाञ्चायन देवता मन्दिरमा बाला चतुर्दशीको दिन मेला लाग्ने पञ्चायन देवता मन्दिर निर्माण तथा उद्यान विकास संस्थाका अध्यक्ष ठाकुरप्रसाद पुडासैनीले जानकारी दिनुभयो ।

यही मंसिर १४ गते त्रयोदशीको साँझ पितृको नाममा बत्ती बाली मंसिर १५ गते चर्तुदर्शीका दिन पाञ्चायन मन्दिरमा सद्बिज छर्ने व्यवस्था मिलाइएको ज्योतिष भरतप्रसाद अधिकारीले बताउनु भयो । मन्दिर परिसरमा पाञ्चायनेश्वर पाशुपत ज्योतिर्लिङ्गको साथै गणेश, देवी, सूर्य, विष्णु र नाग देवताको दर्शन गरी यिनै देवी देवताको पासमा दीप दान गर्ने शतबीज छर्ने व्यवस्था मिलाइएको संस्थाका सदस्य विवेक लामिछानेले जानकारी दिनुभयो । मृत्यूवरण गरेका पितृहरुको मोक्षयात्राका लागि अत्यन्त महत्पूर्ण दिनका रुपमा मसिंर कृष्ण चर्तुदशी अर्थात बाला चर्तुदशीलाई मानिन्छ ।