धुन्चे । रसुवा जिल्लामा रहेको एक मात्र सरकारी अस्पताल रसुवा अस्पताललाई गोसाइँकुण्ड गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा विगत दुई वर्षदेखि बन्द रहेको फिजियोथेरापी सेवा गत कात्तिक ३० गतेदेखि पुनः सञ्चालनमा आएको छ ।
रसुवा अस्पतालका अनुसार सेवाग्राहीका गुनासो र माग सम्बोधन गर्ने उद्देश्यले बागमती प्रदेश सरकारको मातहतको रसुवा अस्पतालमा कार्यरत एकजना कर्मचारीसहित गोसाइँकुण्ड गाउँपालिकाले फिजियोथेरापिस्ट नियुक्त गरेको छ । यो सेवा सुरु भएपछि पालिकावासीलाई नुवाकोट र काठमाडौँको अस्पताल जानुपर्ने झन्झट हटेको नागरिक समाज रसुवाका अध्यक्ष बाबुलाल तामाङले बताए ।
प्रतिक्रिया