गल्छी । राष्ट्रिय कर दिवस-२०८१ को अवसरमा नुवाकोट र धादिङका दुई व्यवसायी फर्म सम्मानित भएका छन् । करदाता सेवा कार्यालय गल्छीले कार्यक्षेत्र रहेको नुवाकोट र धादिङका व्यवसायीमध्ये आव २०८०/०८१ मा सबैभन्दा बढी आयकर तिर्ने दुई फर्मलाई सम्मान गरेको हो ।
मङ्सिर १ देखि ७ गतेसम्म कार्यालयले घरदैलो र जनचेतना कार्यक्रम सञ्चालन गरेर व्यवसायीलाई कर तिर्न उत्प्रेरणा जगाएको कार्यालय प्रमुख लक्ष्मी खड्काले बताईन् । कर सप्ताहको समापनको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा अर्जित कन्स्ट्रक्सन प्रालि, बेनिघाट धादिङ र श्रृंखला निर्माण सेवा प्रालि बट्टार नुवाकोटलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा गल्छी गाउँपालिकाका उपाध्यक्ष भाईकाजी तिवारी, प्रमुख प्रशासकीय अधिकृत उषा अधिकारी, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, प्रथम उपाध्यक्ष दिनेशकुमार श्रेष्ठलगायतको उपस्थिती रहेको थियो । गल्छी करदाता कार्यालयमा दुई जिल्लाका झण्डै ९ हजार ५ सय भन्दा बढी करदाता आवद्ध रहेका छन् ।






प्रतिक्रिया