त्रिशूली प्रवाह साप्ताहिकका प्रकाशक/सम्पादक शरण उत्सुकलाई पितृशोक

  • त्रिशूली प्रवाह
  • २० मंसिर २०८१, बिहीबार १५:१३

विदुर । ‘त्रिशूली प्रवाह’ साप्ताहिकका प्रकाशक/सम्पादक शरण उत्सुकलाई पितृशोक परेको छ । नेपाल उद्योग वाणिज्य सङ्घका नुवाकोटका पूर्वाध्यक्ष उत्सुकका पिता टेकबहादुर सापकोटाको गत सोमबार राति ११ः३० बजे काठमाडौँ, नेपालटारस्थित निवासमा ८१ वर्षको उमेरमा फोक्सोको अर्बुदरोगबाट निधन भएको हो । सापकोटा काठमाडौँस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, टोखा, भक्तपुर क्यान्सर अस्पताल र काठमाडौँस्थित वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा चार महिनादेखि उपचाररत हुनुहुन्थ्यो ।

नेपाल विद्युत् प्राधिकरण नेपाली सेनाको अवकाशप्राप्त सुबेदार (प्राविधिक) पुख्र्याैली घर साबिक तुप्चे-२ छापथोक, हाल विदुर–७ का सापकोटा नेपाल विद्युत् प्राधिकरणका पूर्वकर्मचारी हुनुहुन्थ्यो । स्वर्गीय सापकोटाका श्रीमती भीमकुमारी र दुई छोरा शरणउत्सुक तथा कुमार हुनुहुन्छ । स्व.सापकोटाको दाहसंस्कार बेत्रावती (उत्तरगया) मा मङ्गलबार नै गरिसकिएको छ र छोराहरू तुप्चे, अक्करेबेँसीमा किरियामा रहनुभएको छ ।