
मङ्सिर १६ को उपचुनावले थचारिएकामा अहिले सत्ताको बागडोर सम्हालेको एमालेलाई बिआरआई पनि निल्नु न ओकल्नु भएको पो देखियो । खोज्दै गर्दा हाम्रो न्वाँकोटका एमाले कणले पनि ८४ को रिहर्सल गर्दै गर्दा र पार्टीभित्रै लुछाचुँडीमा लाग्दा कठै भन्न मन लाग्यो । अहिले पालिका अधिवेशन चलिरहेका बखत सुरुमै एक-अर्कालाई सिध्याउन लाग्दा तारकेश्वर र लिखुमा टालाले छोपेर लुकाउँदालुकाउँदै पनि गुट छताछुल्लै भो । निगाहबाट टीका लाएर केन्द्रीय सदस्य पाएका न्वाँकोटे कणहरूले आगामी केन्द्रीय अधिवेशनमा तीन थान केन्द्रीय सदस्य जोगाउन सक्लान्-नसक्लान्, कार्यकर्तालाई पिरलो भएको त्रिनेत्रले चाल पाइहाल्यो ।