+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली अस्पतालको अध्यक्षमा बुढाथोकी मनोनीत

त्रिशूली अस्पतालको अध्यक्षमा बुढाथोकी मनोनीत
त्रिशूली प्रवाह
१ साल अगाडी

हेटौँडा । नुवाकोट जिल्लामा रहेको बागमती प्रदेशअन्तर्गतका त्रिशूली अस्पतालको सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्ष पदमा बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले उपेन्द्र बुढाथोकीलाई मनोनीत गरेको जानकारी स्वास्थ्य मन्त्रालयका निमित्त सचिव सागरप्रसाद घिमिरेले जानकारी दिए । मन्त्रीस्तरको २०८१ मङ्सिर २८ गतेको निर्णयले दुई वर्षका लागि बुढाथोकी अध्यक्षमा मनोनीत भएका छन् ।

Satkar Machinery Center
Utsuk Books & Stationery

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले नुवाकोट उद्योग वाणिज्य सङ्घका महासचिवसमेत रहेका बुढाथोकीलाई प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ को पहिलो संशोधन २०८१ को दफा २६ ख, उपदफा २ को काम, कर्तव्य र अधिकारबमोजिमको कार्य सम्पादन गर्न दफा २६ क उपदफा (९) पदावधि कायम हुने दफा २६ क उपदफा (२) बमोजिम त्रिशूली अस्पतालको अध्यक्ष पदमा मनोनीत गरेको छ । अस्पतालको पाँचौँ अध्यक्ष बनेका बुढाथोकीले स्वास्थ्य उपचार सबैका लागि सहज, सुलभ र छिटो/छरितो सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । यसअघि अस्पतालको अध्यक्ष अरुण श्रेष्ठ, पारस अधिकारी, अर्जुन न्यौपाने र राजु पण्डित भइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह