कोलनी । लायन्स क्लब अफ नुवाकोट त्रिशूलीद्वारा सञ्चालित लायन्स आँखा सेवा केन्द्र विदुर नगरपालिका-८ कोलनीमा आइतबार आँखा तथा दाँतको निःशुल्क उपचार शिविर सम्पन्न भएको छ ।
त्रिशूली अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले उद्घाटन गरेको उक्त एकदिने शिविरमा दाँतका एक सय ३१ र आँखाका एक सय ६५ जनाले उपचार सेवा पाएका छन् । सेवा केन्द्रका अध्यक्ष श्रीकृष्ण रिजालले दिएको जानकारीअनुसार शिविरमा निःशुल्क औषधि तथा चस्मा वितरण गरिएको थियो । शिविरमा नेत्ररोग विशेष डा.मनीषा थापा, दन्तरोग विशेषज्ञ डा.स्वस्तिका देवकोटा र डा.प्रतिभा श्रेष्ठसहितका स्वास्थ्य प्राविधिकको टोलीले चेकजाँच र उपचार गरेका थिए । सो अवसरमा क्लबका सदस्य एवम् कार्यक्रमका प्रमुख अतिथि उपेन्द्र बुढाथोकी, त्रिशूली अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिको अध्यक्षमा मनोनीत भएकोमा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
प्रतिक्रिया