Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

गाउँपालिका, नगरपालिका र जिसस महासङ्घद्वारा जिससलाई स्रोतसाधन सम्पन्न बनाउन प्रमसँग आग्रह

गाउँपालिका, नगरपालिका र जिसस महासङ्घद्वारा जिससलाई स्रोतसाधन सम्पन्न बनाउन प्रमसँग आग्रह
त्रिशूली प्रवाह
१ साल अगाडी

काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घले कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जन जस्ता विषयमा छलफल गर्न राष्ट्रिय समन्वय परिषद्को तेस्रो बैठक बस्नुपर्नेलगायत विभिन्न सातबुँदे ध्यानाकर्षणपत्र शुक्रबार बुझाएको छ ।

जिसस महासङ्घका सचिव तथा जिसस रसुवाका प्रमुख अशोककुमार घिमिरेका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना, जिसस महासङ्घका अध्यक्षसहितले ध्यानाकर्षणपत्र बुझाएका हुन् । प्रधानमन्त्रीका अध्यक्षतामा रहेको समन्वय परिषद्को दोस्रो बैठक गत २०८० माघ २४ गते पश्चात् नबसेकाले अघिल्लो बैठकमा पेस भई निर्णय हुन बाँकी रहेका विषयवस्तुमा छलफल हुनुपर्ने माग गरिएको छ । यस्तै समानीकरण अनुदान कटौती नगर्न, स्थानीय तहलाई वित्तीय हस्तान्तरणको आकार वृद्धि गर्न, राष्ट्रिय भूमि आयोगका काम छिटो सम्पादन गराउन र जिससलाई स्रोतसाधन सम्पन्न बनाउन पनि प्रधानमन्त्रीलाई आग्रह गरिएको छ । प्रधानमन्त्री ओलीले संविधानबमोजिम स्थानीय तहलाई अधिकार दिन र स्रोतले भ्याएसम्म बजेटको उचित प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह