Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

प्याब्सन नुवाकोटको अध्यक्षमा अधिकारी

प्याब्सन नुवाकोटको अध्यक्षमा अधिकारी
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोट जिल्ला शाखाको १९औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले जिल्ला शाखाको अध्यक्ष पदमा ग्लोरी सेकेन्डरी बोर्डिङ स्कुल बाहुनबेँसीका प्रिन्सिपल पुरुषोत्तम अधिकारीलाई सर्वसम्मत चयन गरेको छ । अध्यक्षसहित कार्यसमितिका पदाधिकारी र सदस्यसमेत निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

कार्यसमितिको उपाध्यक्षमा सेई बोर्डिङ स्कुल छहरेका संस्थापक प्रिन्सिपल राजन खतिवडा, सचिवमा गणेश भ्यू बाटिका अ.मा.वि. बट्टारका संस्थापक अध्यक्ष रामजी भट्ट, कोषाध्यक्षमा सामुदायिक विद्या मन्दिर देवीघाटका प्रिन्सिपल रामशरण रिमाल र सदस्यमा गगनकल्याण प्रधान, यादव अधिकारी, गोविन्द प्याकुरेल निर्वाचित भएका छन् । त्यसैगरी, अधिवेशनबाट पालिका प्रतिनिधिमा अञ्जली तामाङ (दुप्चेश्वर गाउँपालिका), विनोद भण्डारी (तादी गाउँपालिका), कृष्णमान तामाङ (सूर्यगढी गाउँपालिका), अतुला पोंगेन (पञ्चकन्या गाउँपालिका), श्याम श्रेष्ठ (लिखु गाउँपालिका), नारायणप्रसाद घिमिरे (बेलकोटगढी नगरपालिका), दीपक नेपाल (किस्पाङ गाउँपालिका) र रमिला अधिकारी (तारकेश्वर गाउँपालिका) निर्वाचित भएको निवर्तमान अध्यक्ष ताराबहादुर कार्कीले बताए । निर्वाचन संयोजक तथा प्याब्सन बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष मुरारीप्रकाश सञ्जेलले निर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह