तेस्रो आँखा

  • त्रिशूली प्रवाह
  • २५ पुष २०८१, बिहीबार १४:१९

उद्यमी-व्यवसायीलाई सेकताप गर्नुपर्ने तीन तहका सरकारलाई राजस्व असुल्न र मनमौजी बजेट खर्च गर्न कसले पो रोक्ने ? राजस्वको प्रमुख स्रोतका रूपमा रहेका उद्यमीको संस्थाले शनिबार धुमधामसँग साधारणसभा गरेनि बजार क्षेत्रका घर, सटर खाली हुन थालेकोप्रति सहभागी र आयोजकबाट चुइँक्क आवाज नउठ्दा व्यवसायी बेखुसी हुने नै भए । कार्जेक्रमका प्रमुख अतिथि प्रदेशका ठुलो मान्छेले उद्यमीलाई हौसलाभन्दा निराश बनाएपछि आयोजक हिस्स हुने नै भए ! जिल्लामा रहेका होटेल तथा रेस्टुरेन्ट ग्राहक नआएर धमाधम बन्द भइरहेका बेला न्वाँकोटाँ सयजना बस्न पुग्ने होटेल नभएकाले होटेलमा थप लगानी गर्न सुझाव दिएकाले होटेल सङ्घले सबै होटेलको ताल्चासाँचो र बैंकको ऋण विवरण वाणिञ्य सङ्घ र नगरपालिकामार्फत मुख्यमन्त्री लामालाई बुझाउने तयारी गर्दै गरे नहोला त समन्वय प्रमुखज्यू !