माओवादी केन्द्रको पाँच पालिका सम्मेलन तथा खबरदारी सभा सम्पन्न

  • त्रिशूली प्रवाह
  • २५ पुष २०८१, बिहीबार १४:२६

विदुर । नेकपा (माओवादी केन्द्र) ले नुवाकोटका विभिन्न स्थानीय तहमा आफ्नो सम्मेलन तथा सरकारविरुद्ध विरोध सभा सम्पन्न गरेको छ । यसै सिलसिलामा शिवपुरी गाउँपालिकाको तेस्रो सम्मेलनले मीनबहादुर तामाङको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।

समितिका उपाध्यक्षत्रयमा शम्भुबहादुर थापा, महेन्द्रप्रसाद पाण्डे र राजेन्द्र तामाङ, सचिवमा राजकुमार गजमेर, सहसचिवमा दिनेश तामाङ र कोषाध्यक्षमा गोमा भण्डारी रहेका छन् । सो सम्मेलनको उद्घाटन सङ्घीय सांसद विमला सुवेदीले गरेकी थिइन् । सो अवसरमा नेपाली काङ्ग्रेस, नेकपा (एमाले) लगायत विभिन्न पार्टी परित्याग गरेर केही कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । त्यसैगरी पुस ११ गते म्यागङ गाउँपालिकाको तेस्रो सम्मेलनले ३३ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिका अध्यक्षमा सुकसागर तामाङ, उपाध्यक्षत्रयमा राजकुमार थापा, सम्झना गुरुङ र जमुना तामाङ, सचिवमा सोम तामाङ, सहसचिवमा रिजन दियाली, कोषाध्यक्षमा कीर्ति तामाङ रहेका छन् ।

यस्तै, पञ्चकन्या गाउँपालिकाको तेस्रो सम्मेलनले गाउँपालिका समितिका अध्यक्षमा छिरिङदोर्जे तामाङ, उपाध्यक्षत्रयमा कृष्णप्रसाद पाण्डे, रूपेश तामाङ र रामप्रसाद मिश्र, सचिवमा अंगजसिंह ठकुरी, सहसचिवमा रामहरि भण्डारी र कोषाध्यक्षमा रामप्रसाद लामिछानेलाई निर्वाचित गरेको छ । यस्तै, ककनी गाउँपालिकाको तेस्रो सम्मेलनले गाउँपालिका समितिका अध्यक्षमा रामहरि श्रेष्ठ, उपाध्यक्षत्रयमा रामबहादुर लामा, कृष्ण लामा र टेकबहादुर बलामी, सचिवमा अञ्जान रूम्बा, सहसचिवमा कुन्साङ लामा, कोषाध्यक्षमा यशोदा तिवारीलगायतलाई निर्वाचित गरेको छ । किस्पाङ गाउँपालिकाको तेस्रो सम्मेलनले गाउँपालिका समितिका अध्यक्षमा सुवानसिंह तामाङ, उपाध्यक्षत्रयमा रामबहादुर तामाङ, गणेश तामाङ र विनोद न्यौपाने, सचिवमा राजकुमार ढुंगेल, सहसचिवमा मनमाया तामाङ र कोषाध्यक्षमा टिटिमाया तामाङलाई निर्वाचित गरेको माओवादी केन्द्रका नेता पुष्प लामिछानेले जानकारी दिए । अन्य पालिकाको सम्मेलन पनि जारी रहेको बताइएको छ ।