कोइराला समाजको अधिवेशन

  • त्रिशूली प्रवाह
  • २६ पुष २०८१, शुक्रबार १०:५८

विदुर । कोइराला समाज नुवाकोटको १३औँ वार्षिक साधारणसभा तथा जिल्ला अधिवेशन शनिबार पञ्चकन्या गाउँपालिकाको कविलासमा सम्पन्न भएको छ ।

मुदगल मदर्सी प्रतिष्ठान देवघाट चितवनका अध्यक्ष श्रीप्रसाद कोइरालाको उपस्थितिमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा बालकृष्ण कोइराला, उपाध्यक्षमा नारायण कोइराला, सचिवमा नवराज कोइराला, कोषाध्यक्षमा गंगादेवी कोइराला, सहसचिवमा अनन्त कोइराला र सदस्यमा सीताराम कोइराला चयन भएका छन् । १२ वटै पालिकाको प्रतिनिधित्व हुने गरी बाँकी सदस्य विधानअनुसार कार्यसमितिको बैठकले चयन गर्ने सचिव नवराजले जानकारी दिए । नुवाकोटमा कोइरालाको जनसङ्ख्या झन्डै तीन हजार रहेको छ । मौत्कल्या गोत्र रहेको कोइरालाको सङ्ख्या जिल्लाको पञ्चकन्या गाउँपालिकामा बढी छ ।