+
Search

ताजा अपडेट +

पपुलर +

भाका नाघेका ऋण असुली गर्ने निर्णय

भाका नाघेका ऋण असुली गर्ने निर्णय
त्रिशूली प्रवाह
१ साल अगाडी

बट्टार । श्री सम्पन्न बचत तथा ऋण सहकारी संस्था लि. बट्टार नुवाकोटको वार्षिक साधारणसभाले प्रचलित कानुनअनुसार भाका नाघेका ऋण असुलउपर प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

Satkar Machinery Center
Utsuk Books & Stationery

सहकारीको शनिबार सम्पन्न पन्ध्रौँ वार्षिक साधारणसभामा लेखा समितिको तर्फबाट संयोजक रमेश राजभण्डारीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमाथि बृहत् छलफल गरी ऋण असुली प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । संस्थाको विनियम, ऋण असुली कार्यविधि, धितो लिलामी कार्यविधि तथा प्रचलित कानुनबमोजिम भाका नाघेका ऋण असुली प्रक्रिया अघि बढाउन सभाले सञ्चालक समितिलाई निर्देशन दिने निर्णय गरेको उपाध्यक्ष प्रदीप (सुमन) पाठकले जानकारी दिए । सहकारीका अध्यक्ष भोलाशंकर गुरुवाचार्यको अध्यक्षतामा भएको सभाको उद्घाटन संस्थापक अध्यक्ष एवम् ऊर्जा उत्पादक पूर्णलाल श्रेष्ठले गरेका थिए । सहकारीमा देखिएको समस्या समाधान गर्न सञ्चालक, सेयर सदस्य र कर्मचारी सक्रिय हुनुपर्नेमा उनले जोड दिए ।

Suzuki New Bike & Scooter

कार्यक्रममा सेयर सदस्य पुरेन्द्रप्रसाद ढकाल, गोसाइँकुण्ड-चौतारी बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष भुवनलाल राजभण्डारी, सञ्चालक समितिका सचिव प्रेमकृष्ण राजभण्डारी, कोषाध्यक्ष हरिहर पाण्डे, ऋण उपसमितिका संयोजक शरणउत्सुक सापकोटालगायतले सहकारीलाई नयाँ ढङ्गले सुधार र व्यवस्थापन गर्न आवश्यक रहेको धारणा राखेका थिए । गत वर्ष सहकारीले अघिल्लो आवमा भन्दा ७.८३ प्रतिशतले निक्षेप वृद्धि भई रु. नौ करोड १४ लाख १६ हजार तीन सय ५४, ऋण असुली पनि अघिल्लो आवमा भन्दा गत आवमा एक प्रतिशत बृद्धि भई रु. आठ करोड २५ लाख ३३ हजार ६ सय ६९ रहेको लेखा समितिले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । गत वर्ष सहकारीले राजस्वमा रु. ६ लाख ४० हजार पाँच सय ४८ दाखिला गरेको छ । सहकारीले गत वर्ष कुल ब्याज आम्दानी रु. एक करोड १८ लाख ४४ हजार १० र अन्य आम्दानी रु. तीन लाख ६९ हजार नौ सय ९५ र कुल आम्दानी रु. एक करोड २२ लाख १४ हजार पाँच गरी खुदनाफा रु. पाँच लाख तीन हजार चार सय सात प्राप्त गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह