+
Search

ताजा अपडेट +

पपुलर +

पत्रकार पुडासैनीको निधन

पत्रकार पुडासैनीको निधन
त्रिशूली प्रवाह
१ साल अगाडी

काठमाडौँ । पत्रकार श्यामसुन्दर पुडासैनीको यही पुस १९ गते राति हृदयाघातका कारण निधन भएको छ । नुवाकोट जिल्ला, बेलकोटगढी–९ जिलिङ घर भई हाल काठमाडौँमा ‘नेपालभ्युज डटकम’ नामक अनलाइन न्युज पोर्टलमा उपसम्पादकमा कार्यरत ३३ वर्षीय पुडासैनीको हृदयाघातबाट निधन भएको पारिवारिक स्रोतले जनाएको छ । खोजी पत्रकारिताका साथ विकृति–विसङ्गति, ठगीविरुद्ध निर्भीक ढङ्गले लाग्ने पुडासैनी साहसी पत्रकार थिए ।

Utsuk Books & Stationery
Satkar Machinery Center

सो दिन शुक्रबार साँझ काम सकेर कार्यालयकै एक सहकर्मीका घरमा गई खाना खाएर चाबहिल, सरस्वती नगरस्थित आफ्नै डेरामा पुगेर कपडा खोल्दै गर्दा उनलाई हृदयाघात भएको आशङ्का गरिएको छ । कोठामा आफूलाई अप्ठ्यारो भएपछि उनले छिमेकी कोठामा बस्नेलाई ट्याक्सी बोलाएर अस्पताल लैजान आग्रह गरे पनि एक्कासि ढलेपछि प्रहरीलाई खबर गरिएको थियो । त्यसपछि डेरामा पुगेको कपन प्रहरीले आफ्नै गाडीमा राखेर अचेतावस्थाका पुडासैनीलाई चाबहिलस्थित हेल्पिङह्यान्ड अस्पताल पुयाएको थियो । त्यहाँ पुडासैनीलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

Suzuki New Bike & Scooter

नुवाकोटबाट पत्रकारिता सुरु गरेका पुडासैनीले पत्रकारिताको करिब १३ वर्षका अवधिमा नुवाकोट र काठमाडौँमा गरी करिब एक दर्जन सञ्चारमाध्यममा काम गरिसकेका थिए । उनी केही समय अगाडिदेखि ‘नेपालभ्युज डटकम’मा कार्यरत थिए । अविवाहित पत्रकार पुडासैनीको बुबाको यसअघि नै निधन भइसकेको छ भने घरमा वृद्धा आमा र तीन दाजु छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा शनिबार शव परीक्षण गरेर विदुर–५ देवीघाटमा हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरिएको जेठो दाजु लोकबहादुरले जानकारी दिए ।

पोस्टमार्टमपछि त्रिवि शिक्षण अस्पतालमै उनको शव श्रद्धाञ्जलीका लागि राखिएको थियो । प्रेस चौतारी नेपाल, एसोसिएट उपाध्यक्षसमेत रहेका स्व. पुडासैनीलाई नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत र पूर्वाध्यक्ष राजेन्द्र अर्याल, नेकपा (एमाले) का केन्द्रीय सदस्य केशवराज पाण्डे, एमाले नुवाकोटका अध्यक्ष बद्रीप्रसाद मैनाली तथा पत्रकारले श्रद्धाञ्जली दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह