न्यानो कपडा वितरण

न्यानो कपडा वितरण
त्रिशूली प्रवाह
७ महिना अगाडी

बट्टार । तारकेश्वर गाउँपालिकाका असहाय, जेहेनदार तथा जनजाति विद्यार्थीलाई आइतबार एक संस्थाले न्यानो कपडा वितरण गरेको छ । पालिकाभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शिक्षामा सहयोग गर्दै आइरहेको असहाय, जेहेनदार तथा जनजातिका विद्यार्थीलाई शिक्षामा सहयोग कार्यक्रम नामक संस्थाले पुस २१ गते न्यानो कपडा वितरण गरेको थियो । उक्त संस्थाले तारकेश्वर-५ कल्लेरीडाँडामा रहेको शंखादेवी माध्यमिक विद्यालयमा अध्ययन गर्ने दुई सय ७१ जना विद्यार्थी र सोही वडाको काप्रेमा रहेको चक्रदेवी आधारभूत विद्यालयका ६६ जना विद्यार्थीलाई एक/एक सेट न्यानो कपडा (ट्रयाक, टाउजर, टिसर्ट) वितरण गरेको वडाध्यक्ष अशोक तामाङले बताए ।

बालबालिकालाई उच्च मनोबल राखेर अध्ययनमा जागृत बनाउन उनीहरूको पोेसाकले पनि सकारात्मक प्रभाव पार्न सक्ने कुरालाई मध्यनजर राखी संस्थाले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई जाडोको समयमा न्यानो कपडाले पठन-पाठनमा सकारात्मक प्रभाव पार्न सक्ने उद्देश्यले वितरण गरिएको संस्थाका सचिव तथा श्री शंखादेवी माविका पूर्वअध्यक्ष नवराज अधिकारीले जानकारी दिए । संस्थाका अध्यक्ष शिक्षापे्रमी बाबुराम शर्मा अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि पालिकाका अध्यक्ष शिव अधिकारीले तारकेश्वरको शैक्षिक विकासमा खेलेको भूमिको प्रशंसा गर्दै संस्थाका अध्यक्षलाई तारकेश्वर गाउँपालिकाले सम्मान गर्ने बताए । संस्थाका उपाध्यक्ष शेषराज शर्मा अधिकारी, कोषाध्यक्ष राममणि अधिकारी र सदस्य रवीन्द्रप्रसाद घिमिरेले कार्यक्रमबारे प्रकाश पारेका थिए । संस्थाले तारकेश्वरका विद्यालयमा अध्ययनरत बालबालिकाका साथै फरक क्षमता भएका नागरिक, नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा इ-लाइब्रेरी सञ्चालनमा र देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान तथा बट्टार किरियापुत्री भवनका एक-एक कोठा निर्माणमा सहयोग गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह