अटोमेकानिक्स सङ्घको जिम्मा प्रेमलाई

  • त्रिशूली प्रवाह
  • २८ पुष २०८१, आईतवार १५:४९

बट्टार । नुवाकोट अटोमेकानिक्स व्यवसायी सङ्घको शनिबार सम्पन्न तेस्रो अधिवेशनले ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ । सङ्घका कार्यवाहक अध्यक्ष शिव श्रेष्ठको सभापतित्वमा सम्पन्न अधिवेशनले प्रेममान श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा शिव श्रेष्ठ, महासचिवमा नवराज बोगटी, सचिवमा प्रेमबहादुर लामा, कोषाध्यक्षमा कुमार तामाङ, सहकोषाध्यक्षमा तुलेन्द्र तामाङ र सदस्यमा उमेश धिताल, अस्लाम अन्सारी, रामकुमार श्रेष्ठ, आइतसिंह गलान, सुदीश रानामगर चयन भएका छन् । जिल्लाभित्रका मोटर वर्कसपमा कार्यरत मेकानिक्स, मिस्त्री र व्यवसायी आबद्ध रहेको सङ्घले प्रत्येक महिनाको अन्तिम शनिबार बैठक बस्ने निर्णय गरेको महासचिव नवराज बोगटीले बताए ।