आदिवासी जनजाति पत्रकार रसुवाको अध्यक्षमा तितुङ

  • त्रिशूली प्रवाह
  • २८ पुष २०८१, आईतवार १५:५३

धुन्चे । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ रसुवा शाखाको पुस २० गते शनिबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनले नौ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

अधिवेशनबाट अध्यक्षमा प्रमोदकुमार तितुङ, उपाध्यक्षमा सृष्टि तामाङ, सचिवमा सुजन आलेमगर, सहसचिवमा रञ्जु राई, कोषाध्यक्षमा मञ्जु तामाङलाई र सदस्यमा अशोककुमार थोक्रा, सन्तोष घले, छेसिङ्गी तामाङ, गारमेन तामाङ चयन भएका छन् ।