पृथ्वीजयन्तीमा वक्तृत्वकला प्रतियोगिता

  • त्रिशूली प्रवाह
  • ३ माघ २०८१, बिहीबार १२:२२

धुन्चे । रसुवामा लाङटाङ राष्ट्रिय निकुञ्ज र जिल्लाको सुरक्षार्थ तैनाथ नेपाली सेना, श्रीनाथ गण धुन्चे रसुवाले पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा जिल्लाव्यापी वक्तृत्वकला र कविता प्रतियोगिता शनिबार सम्पन्न गरेको छ ।


प्रतियोगिताको कविता वाचनतर्फ गोसाइँकुण्ड इंग्लिस बोर्डिङ स्कुल स्याफ्रुबेसीका दिनेश घले प्रथम भएका छन् । वक्तृत्वकलातर्फ हाइल्यान्ड मावि धुन्चेकी रविना तामाङ प्रथम, कालिका हिमालय मावि कालिकास्थानकी अर्पणा पौडेल द्वितीय र रसुवा मावि धुन्चेका आङमाया तामाङ तृतीय भएका छन् । जिल्लाभरीका ११ जना विद्यार्थीको सहभागिता रहेको उक्त प्रतियोगिता शनिबार सम्पन्न भएको थियो । कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल, विशेष अतिथि गोसाइँकुण्ड गाउँपालिका प्रमुख कैसाङनुर्पु तामाङ, सुरक्षा निकायका प्रमुखलगायतले पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै कविता र वक्तृत्वकला प्रतियोगिताको प्रथम, द्वितीय र तृतीयलाई सम्मान गरेका थिए ।