अस्थायी प्रहरीचौकी स्थापना

अस्थायी प्रहरीचौकी स्थापना
त्रिशूली प्रवाह
७ महिना अगाडी

तुप्चे । नुवाकोट जिल्लाको विदुर नगरपालिका-७ तुप्चेमा अस्थायी प्रहरीचौकी स्थापना भएको छ । माघ २ गते स्थापना भएको प्रहरीचौकीले विदुर-७, ९ र १० मा सुरक्षा व्यवस्था गर्ने बताइएको छ ।

तुप्चेमा रहेको सामुदायिक भवनलाई वडाको सर्वदलीय सर्वपक्षीय भेलाले प्रहरीचौकीलाई भवन उपलब्ध गराउने निर्णय गरेको थियो । चौकी स्थापना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, प्रहरी प्रमुख शान्तिराज कोइराला, विदुर नगरपालिकाका उपमेयर प्रभा बोगटीलगायतको उपस्थिति रहेको थियो । प्रहरी प्रमुख कोइरालाले भने, ‘वडाको मागअनुसार चौकी स्थापना भएको छ, आवश्यकताको आधारमा चौकीलाई स्थायी गरिनेछ ।’ चौकीमा वरिष्ठ प्रहरी हवलदारको नेतृत्वमा पाँचजना सुरक्षाकर्मी रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह