+
Search

ताजा अपडेट +

पपुलर +

एमाले म्यागङको दोस्रो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन

एमाले म्यागङको दोस्रो अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन
त्रिशूली प्रवाह
६ महिना अगाडी

सामरी । नेकपा (एमाले) म्यागङ गाउँपालिका कमिटीको दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । सामरीभञ्ज्याङमा सम्पन्न अधिवेशनले लालसिंह तामाङको अध्यक्षतामा ३३ सदस्यीय पालिका कमिटी सर्वसम्मत चयन भएको अध्यक्षमण्डलका संयोजक तथा नेकपा एमाले वागमती प्रदेश कमिटी सदस्य एवं नुवाकोट निर्वाचन क्षेत्र २ ‘ख’ का इञ्चार्ज सञ्जु पण्डितले जानकारी दिए ।

सो कमिटीको उपाध्यक्षमा सेल्कर गुरुङ, सचिवमा केशव खड्का, उपसचिव खुलामा लहछिरिङ तामाङ, महिला उपाध्यक्षमा पार्वती तामाङ रहेका छन् । कमिटीको सदस्यमा वडा नं. १ बाट पूर्णबहादुर तामाङ, मोहन तामाङ, वडा नं. २ बाट सेकु तामाङ, मानबहादुर गुरुङ, मन्सु तामाङ, रमेश तामाङ, मोनिका तामाङ, सोममाया तामाङ, वडा नं. ३ बाट सन्तबहादुर तामाङ, शक्तिमान तामाङ, निशा सुनार, डेमा तामाङ, कर्मदोर्जे तामाङ, दीपेन्द्र तामाङ, वडा नं. ४ बाट नीतीश तामाङ, सुकबहादुर गुरुङ, भारती तामाङ, वडा नं. ५ बाट दावा तामाङ, सोमबहादुर तामाङ, बद्रीप्रसाद सापकोटा, शान्ता सापकोटा, सोममाया तामाङ, जसु तामाङ, गोविन्द तिवारी र वडा नं. ६ बाट चन्द्र तामाङ, सूर्यबहादुर तामाङ, अञ्जना डङ्गोल, हिराबहादुर तामाङ रहेका छन् । अधिवेशनमा सहभागी प्रतिनिधिबाट पदाधिकारी एवम् सदस्यमा आवश्यक सङ्ख्यामा मात्र एकल उम्मेदवारी दर्ता भएकाले सर्वसम्मत कमिटी चयन भएको निर्वाचनमण्डलका संयोजक गंगामाया तामाङले जानकारी दिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह