धुन्चे । रसुवा जिल्ला प्रशासन कार्यालय रसुवाको आयोजनामा आइतबार चीन र नेपालका सिमाना जोडिएका जिल्लाका सुरक्षा निकायका प्रमुख संलग्न सीमा समन्वय बैठक सम्पन्न भएको छ । बैठकमा रसुवाको नेतृत्व प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र चीनको जिलिङ इमिग्रेसन निरीक्षण स्टेसनका स्टेसन मास्टर झुजिन्सुईले गरेका थिए ।
उक्त बैठकमा रसुवा प्रशासकको तर्पmबाट सीमापार आवागमन र ई–पास स्वीकार्यतामा सहकार्यको प्रवद्र्धन, सीमापार आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सहकार्यको सुदृढीकरण, केरुङ–चीनमा नेपाली नागरिकको अवस्था, व्यापार सहजीकरण, सीमास्तम्भको अवलोकनमा सहजीकरण, विपत् व्यवस्थापन, वन्यजन्तु र वन उत्पादनको आयात–निर्यातमा कानुनी नियम पालनाको विषय राखिएको थियो । त्यसैगरी, जिलोङ इमिग्रेसन निरीक्षण स्टेसन चीनको तर्पmबाट सीमापार हुने तस्करी अवैध गतिविधि नियन्त्रण र सीमा सुरक्षा व्यवस्थापनमा संयुक्त रूपमा समन्वयात्मक कार्य गर्ने, कानुनविपरीतका गतिविधि नियन्त्रणका लागि सरकारी अधिकारीबिच सूचना आदान–प्रदानलाई प्रभावकारी बनाई निरन्तरता प्रदान गर्ने, रसुवामा चिनियाँ नागरिकले गरेका कानुनविपरीतको गतिविधिको सूचना आदान–प्रदान गर्ने, रसुवागढीदेखि स्याफ्रुबेँसी आपराधिक क्रियाकलाप तथा भन्सारजन्य चोरीपैठारी नियन्त्रण गर्न सुरक्षा पोस्ट थप गर्ने, केरुङ चीनमा रहेका नेपालीलाई चीन सरकारको नियम पालन गर्न जानकारी गराइदिने, वन डढेलोलाई संयुक्त रूपमा नियन्त्रण गर्ने, सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण, व्यापार सहजीकरण र सीमामा बसोबास गर्ने दुवैतर्पmका नागरिकको हितमा काम गर्ने गरी संयुक्त संयन्त्र निर्माण गर्ने विषय राखिएका थिए । दुवै देशका प्रतिनिधिले प्रस्तुत विषयमा छलफल गरिएको रसुवाका प्रजिअ पौडेलले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिए ।
प्रतिक्रिया