+
Search

ताजा अपडेट +

पपुलर +

त्रिशूली सहकारीको नाफा ५० लाख

त्रिशूली सहकारीको नाफा ५० लाख
त्रिशूली प्रवाह
१ साल अगाडी

त्रिशूलीबजार । नुवाकोट जिल्लाको उत्कृष्ट सहकारीमध्येमा पर्ने त्रिशूली बचत तथा ऋण सहकारी संस्था लि. विदुर-१ त्रिशूलीले गत आव २०८०/०८१ मा मुनाफा रु. ४९ लाख ८१ हजार दुई सय १३ आर्जन गरेको छ । जिल्लाभर कार्यक्षेत्र रहेको सहकारीले सो आ.व.मा जम्मा आम्दानी रु. पाँच करोड १७ लाख ४२ हजार पाँच सय चार गरेको थियो भने उक्त आम्दानी विभिन्न शीर्षकमा खर्च रु. चार करोड ६७ लाख ६१ हजार दुई सय ९१ गरेर बाँकी नाफा भएको सहकारीले जानकारी दिएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

गत आव २०८०/०८१ सम्म सहकारीको सेयरपुँजी रु. चार करोड १७ लाख ९७ हजार चार सय पुगेको छ भने निक्षेपतर्फ अघिल्लो आवको तुलनामा १७.४६९ प्रतिशतले वृद्धि भई जम्मा निक्षेप रु. ३२ करोड ८७ लाख ८७ हजार चार सय ९८ पुगेको छ । त्यस्तै, ऋण लगानीतर्फ अघिल्लो आ.व.को तुलनामा १५ दशमलव ३४ प्रतिशतले वृद्धि भई आ.व.को अन्त्यसम्म सहकारीको ऋण लगानी रु. ३३ करोड १९ लाख ५७ हजार एक सय ७८ पुगेको लेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । वि.सं. २०५६ पुसमा दर्ता भई स्थापना भएको सहकारी संस्थाको आ.व. २०८०/०८१ सम्म जम्मा सदस्य महिला पाँच सय ५७, पुरुष एक हजार दुई सय २७ र संस्थागतसहित सहकारीमा कुल सेयर सदस्य सङ्ख्या एक हजार आठ सय नौ रहेको छ । सहकारीले व्यावसायिक तथा कृषि, व्यापारिक र हायर पर्चेज शीर्षकमा कर्जा लगानी गरेको अध्यक्ष श्रेष्ठले बताए । सहकारीले राष्ट्रिय सहकारी बैंकमा रु. एक करोड ५५ लाख १० हजार, जिल्ला सहकारी सङ्घ विदुरको भवन निर्माणमा रु. ६ लाख तीन सय १८, नुवाकोट जिल्ला बचत तथा ऋण सङ्घमा रु. एक लाख र जिल्ला सहकारी सङ्घमा रु. पाँच हजार सेयर लगानी गरेको जानकारी दिए ।

Suzuki New Bike & Scooter

सहकारीले बर्सेनि वार्षिक साधारणसभामा सामाजिक उत्तरदायित्वअन्तर्गत गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति वितरण, ज्येष्ठ नागरिकलाई सम्मान, सेयर सदस्यका छोरा/छोरीहरूमध्ये एसइईमा उत्कृष्ट अङ्क ल्याउने छात्र/छात्रालाई सम्मान र स्थानीय मेला, पर्व तथा जात्रामा सहयोग गर्दै आइरहेको अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह