एमाले विदुर नगर कमिटी अधिवेशनको तयारीमा

  • त्रिशूली प्रवाह
  • २१ माघ २०८१, सोमबार १६:५६

विदुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) विदुर कमिटी दोस्रो नगर अधिवेशनको तयारीमा जुटिरहेको छ । जिल्ला कमिटीको निर्देशनानुसार नगर कमिटीको अधिवेशन माघ २९ र ३० गते बट्टारमा गर्ने तयारी भईरहेको नगर कमिटीका कार्यबाहक अध्यक्ष अनुजकुमार श्रेष्ठले जानकारी दिनुभयो । यो अधिवेशनले नगर कमिटीको नेतृत्व समेत चयन गर्ने भएकोले नेता, कार्यकताले विशेषरूपमा हेरिरहेका छन् ।

अधिवेशन भव्यरूपमा सम्पन्न गर्न नगर कमिटीको माघ १५ गतेको बैठकले माघ २२ गते मंगलबार १३ वटै वडामा प्रतिनिधी छनोट गर्ने, प्रतिनिधीको शुल्क रू.५ सय तोक्ने, प्रचार–प्रसार प्रतिनिधी व्यवस्थापन, खाना खाजा व्यवस्थापन, आर्थिक र अतिथी सत्कार उपसमिति गठन गरेको छ । अधिवेशन व्यवस्थित र भव्यरूपमा सम्पन्न गर्न कार्यबाहक अध्यक्ष अनुजकुमार श्रेष्ठको संयोजकत्वमा धु्रुवप्रसाद तिमिल्सना, मुन्ना पुडासैनी, डिल्लीप्रसाद तिमिल्सना, दिपेन्द्र लोहनी सदस्य रहेको प्रचार–प्रसार समिति, उपेन्द्र रिमालको संयोजकत्वमा मुकुन्द अधिकारी, दामोदर खतिवडा, विष्णुप्रसाद भट्ट, रिता थपलिया सदस्य रहेको प्रतिनिधी व्यवस्थापन उपसमिति, भक्तबहादुर अधिकारी प्रमुख र चिरञ्जिवी भट्ट, सरिता श्रेष्ठ मिजार सदस्य रहेको खाजा खाना व्यवस्थापन उपसमिति, डिल्लीप्रसाद गजुरेल प्रमुख र दामोदर नेपाल, विष्णुप्रसाद भट्ट, श्यामकृष्ण चालिसे, अरूण सडौला, राजकुमार तामाङ सदस्य रहेको आर्थिक उपसमिति, ज्ञानु थापा प्रमुख र राधिका तामाङ, नरेन्द्र अमात्य सदस्य रहेको अतिथि सत्कार उपसमिति र नविन चित्रकार प्रमुख, राजेन्द्र अधिकारी, चिरञ्जीवी ओझा, धु्रव थापा सदस्य रहेको स्वयम्सेवक व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

अधिवेशनमा दलित र अल्पसङ्ख्यक घटाएर पार्टी सदस्य नविकरणको आधारमा ७ बराबर एक जना प्रतिनिधी र महिला ३३ प्रतिशत अनिवार्य प्रतिनिधी छनोट गर्नुपर्ने निर्देशन कमिटीले गरेको छ । १३ वडाबाट अधिवेशनको लागि सदस्यको आधारमा १ सय ७८ जना र वडागत दलित सदस्य १ सय ७ जनाबाट २१ जना र अल्पसङ्ख्यक सदस्य सङ्ख्या ५० जनाबाट १० जना प्रतिनिधी छनोट हुनेछन् । अधिवेशनमा वडाबाट छानिएर आएका र आयोजक गरी झण्डै ३ सय प्रतिनिधी रहने बताईएको छ ।