विज्ञान विषय प्रवद्र्धनका लागि नुवाकोटको त्रित्रि मावि र रसुवाको कालिका हिमालय माविको लागि थप बजेट

  • त्रिशूली प्रवाह
  • २१ माघ २०८१, सोमबार १६:५८

विदुर । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान विषय प्रवद्र्धनका लागि विगतमा छनोट भएका नुवाकोट जिल्लाको विदुर नगरपालिका–१ त्रिशूलीको त्रिभुवन त्रिशूली मावि र रसुवाको कालिका गाउँपालिकाको कालिका हिमालय माविलाई कार्ययोजना बनाई खर्च गर्ने अधिकारसहित बजेट विनियोजन गरेको छ ।

शैक्षिक सत्र २०८० देखि कक्षा ११ र १२ मा विज्ञान विषय सञ्चालन गरिरहेका सामुदायिक माध्यमिक विद्यालयमध्ये देशभरीका १ सय १४ विद्यालय छनोट भएको शिक्षा तथा मानस्रोत विकास केन्द्रले जानकारी गराएको छ । छनोटमा परेका विद्यालयले सम्बन्धित स्थानीय तहबाट स्वीकृत भएको विद्यालय विकास प्रस्तावमा उल्लेखित क्रियाकलापमा खर्च गर्ने गरी कार्यक्रम कार्यान्वयन गर्न बित्तीय हस्तान्तरण गरिने बताईएको छ ।