+
Search

ताजा अपडेट +

पपुलर +

अनेमसंघ नुवाकोटको अध्यक्षमा अधिकारी

अनेमसंघ नुवाकोटको अध्यक्षमा अधिकारी
??????????
त्रिशूली प्रवाह
१ साल अगाडी

विदुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जनवर्गीय संगठन अखिल नेपाल महिला (अनेम) संघ नुवाकोटको नवौं सम्मेलन गत हप्ता सम्पन्न भएको छ । लिखु गाउँपालिका–१ ढिकुरेमा माघ १६ गते सम्पन्न सम्मेलनले इन्दिरा अधिकारी अध्यक्ष रहेको ५१ सदस्यीय जिल्ला कमिटी सर्वसम्वत चयन भएको एमाले नुवाकोटका उपसचिव राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

कमिटीको उपाध्यक्षमा लक्ष्मी प्रधान र जुना उप्रेती, सचिवमा अम्बिका पौडेल नेपाल, सहसचिवमा गंगा कोईराला, कोषाध्यक्षमा देविका घिमिरे चयन भएका छन् । कमिटीको सदस्यमा मुना पुडासैनी, सचि चित्रकार, सबु मिजार, कुमारी विक, कमला कुँवर, युनिसा तामाङ, पबिना लामिछाने, शान्ता नेपाल, जयन्ती तामाङ, लक्ष्मी न्यौपाने, कोपिला सार्की मिजार, कल्पना खतिवडा, सुभद्रा खनाल, मनिका तामाङ, पार्वती तामाङ, धनमाया तामाङ, कुमारी तामाङ, जुमुना थापा, कोपिला सुनुवार, सिर्जना बागदास, सर्मिला घले, अन्जना ढकाल, जयन्ती थापा, अनिता पौडेल, दिपिका तामाङ, मनिता बुढाथोकी, मालती पोखरेल, रिता थपलिया, ठुलीमाया तामाङ, ठुलीकान्छी तामाङ, भक्तकुमारी लामा रहेका छन् । कमिटीमा दलित सदस्यमा कल्पना मिजार, विदुरबाट शान्ति सुनुवार, ककनीबाट ईश्वरी सुनुवार चयन भएका छन् भने खुल्ला सदस्यमा विदुरबाट सरस्वती बस्नेत, ईश्वरी तिमिल्सिना र यसोदा कँडेल चयन भएका छन् । विधानअनुसार अन्य ८ जना सदस्य कमिटीको बैठकले थप गर्ने सचिव अम्बिका पौडेलले त्रिशूली प्रवाह साप्ताहिकलाई जानकारी दिनुभयो । सम्मेलनको उद्घाटन केन्द्रिय अध्यक्ष टुका भद्रा हमालले गर्नुभएको थियो । सो कार्यक्रमलाई एमालेका केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज केशव पाण्डे, केन्द्रिय सदस्य बिन्दा ढुंगाना, जिल्ला अध्यक्ष बद्री मैनालीलगायतले सम्बोधन गर्नुभएको थियो ।

Suzuki New Bike & Scooter

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह