+
Search

ताजा अपडेट +

पपुलर +

गगनको ‘‘म तिमी तिरै हेर्छु’’ गीत सार्वजनिक

गगनको ‘‘म तिमी तिरै हेर्छु’’ गीत सार्वजनिक
त्रिशूली प्रवाह
६ महिना अगाडी

विदुर । नुवाकोट जिल्लाका उदाउँदो गायक गगन श्रेष्ठले ‘भ्यालेन्टाइन डे’ को अवसरमा शुक्रबार ‘‘म तिमी तिरै हेर्छु’’ बोलको गीत सार्वजनिक गरेका छन् ।

म तिमी तिरै हेर्छु गीतको भिडियो गायक श्रेष्ठ र नेपाली काँग्रेस नुवाकोटका उपसभापति राजु थापाले विदुरमा पत्रकार सम्मेलन गरी संयुक्तरूपमा सार्वजनिक गर्नुभएको हो । मञ्जिला श्रेष्ठले प्रस्तुत गरेको उक्त गीत युट्युब च्यानलमार्फत हेर्न र सुन्न सक्ने जानकारी सो अवसरमा गराइएको थियो । गीतमा पवन बराइलीको संगीत, कञ्चन मगर जियारको शब्द र सञ्जीव बराइलीको संयोजन रहेको छ । गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् भने दिनेश पराजुलीले छायाङ्कन र विकास धमलाले सम्पादन गरेका छन् । भिडियो गायक तथा नुवाकोट कलाकार समाजका अध्यक्ष प्रचण्ड बाबु राई र स्मारिका ढकालले प्रस्तुत गर्नुभएको उक्त भिडियो गीतमा नुवाकोट जिल्लाका धार्मिक, रमणीय र पर्यटकीय स्थलको तस्विर समावेश गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह