विदुर । नेकपा एमालेको विदुर नगर कमिटीको दोस्रो अधिवेशन गत हप्ता सम्पन्न भएको छ । गत माघ २९ गते मंगलबार एमाले बागमती प्रदेश कमिटिका इञ्चार्ज डा.राजन भट्टराईले उद्घाटन गर्नुभएको अधिवेशनमा बुधबार नेतृत्वको चयनका लागि मतदान भएको थियो । गत माघ ३० गते भएको बन्द सत्रपछि सर्वसम्वत नेतृत्व चयन गर्न नेताहरूको प्रयास असफल भएपछि निर्वाचन प्रक्रियामा जानुपरेको थियो । सदस्य पद सर्वसम्वत भएपनि अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव खुल्ला, उपसचिव महिला र लेखा कमिटि अध्यक्ष पद मिलाउन केन्द्रिय सदस्य, जिल्ला इञ्चार्ज, प्रदेश कमिटिका नेता र जिल्ला नेतृत्वले नसकेपछि निर्वाचन प्रक्रिया अगाडी बढाइएको निर्वाचन कमिटिका संयोजक पुरूषोत्तम प्याकुरेलले जानकारी दिनुभयो ।
माघ ३० गते सम्पन्न निर्वाचनमा संस्थापन समूहको प्यानल र संस्थापन इतर पक्षको प्यानलबिच चुनावी प्रतिस्पर्धा हुँदा संस्थापन पक्षले पदाधिकारी र लेखा कमिटिको अध्यक्षमा सोच्दै नसोचेको परिणाममा ब्यहोर्नुप¥यो । संस्थापनतर्फबाट अध्यक्षमा अनुजकुमार श्रेष्ठ, उपाध्यक्षमा देवनारायण चित्रकार, सचिवमा उपेन्द्र रिमाल, उपसचिव खुल्लामा डिल्लीप्रसाद गजुरेल, उपसचिव महिलामा मुना पुडासैनी न्यौपाने र लेखा कमिटी अध्यक्षमा रामकृष्ण खड्का र संस्थापन इतर पक्षबाट अध्यक्षमा सञ्जिवबहादुर श्रेष्ठ, उपाध्यक्षमा श्यामकृष्ण चालिसे, सचिवमा तोयानाथ तिमिल्सना, उपसचिव खुल्लामा पूर्णबहादुर कार्की, उपसचिव महिलामा करिना नेपाल र लेखा कमिटी अध्यक्षमा रामशरण तिमिल्सनाले चुनावी प्रतिस्पर्धा गरेका थिए । निर्वाचनमा ६ वटै पदमा संस्थापन इतरका उम्मेदवारले जितेका छन् । संस्थापन पक्षको नेतृत्व केन्द्रिय सदस्य एवं जिल्ला इञ्चार्ज केशवराज पाण्डे, केन्द्रिय सदस्य बिन्दा ढुंगाना, जिल्ला अध्यक्ष बद्री मैनाली र सिङ्गो जिल्ला कमिटिका पदाधिकारीले गरेको थियो भने संस्थापन इतर पक्षको नेतृत्व निवर्तमान सांसद् एवं बागमती प्रदेश कमिटिका सदस्य नारायण खतिवडा, जिल्ला कमिटिका निवर्तमान उपाध्यक्ष बुद्धि प्रधान, बागमती प्रदेश कमिटिका सदस्य एवं निर्वाचन क्षेत्र नं २ ‘ख’ का इञ्चार्ज तथा विदुर नगरका निवर्तमान मेयर सञ्जु पण्डितले गर्नुभएको थियो । संस्थापन इतर पक्षको टिम बनाउनेदेखि लिएर निर्वाचनको सम्पूर्ण परिचालन निवर्तमान मेयर पण्डितले गर्नुभएको थियो ।
गत बुधबार राति अबेर प्राप्त नतिजामा सञ्जिव श्रेष्ठ नेतृत्वको प्यानलले अनुजकुमार श्रेष्ठको प्यानललाई पराजित गरेको थियो । सार्वजनिक मत परिणामा अध्यक्षमा विजयी सञ्जिवले १ सय ५८ मत प्राप्त गरी विजयी हुँदा अनुज श्रेष्ठले १ सय ६ मत प्राप्त गर्नुभयो । अध्यक्षमा विजयी श्रेष्ठ विदुर खानेपानी उपभोक्ता समितिको समेत अध्यक्ष हुन् । अधिवेशनमा प्यानल प्रतिस्पर्धा भएपनि एमालेमा गुट नभएको विश्वास केन्द्रिय नेतृत्वको रहँदै आएको छ । उपाध्यक्षमा श्यामकृष्ण चालिसे १ सय ७३ मत प्राप्त गरी विजयी हुँदा देवनारायण चित्रकारले ९० मत प्राप्त गर्नुभयो । सचिवमा तोयानाथ तिम्सिनाले १ सय ४८ मत प्राप्त गरी विजयी हुँदा उपेन्द्र रिमालले १ सय ८ मत प्राप्त गर्नुभयो । त्यस्तै, उपसचिव खुल्लामा पुर्णबहादुर कार्की १ सय ३३ मत प्राप्त गरी विजयी हुँदा दिल्लीप्रसाद गजुरेलले १ सय १८ मत प्राप्त गर्नुभएको थियो । उपसचिव महिलामा करिना नेपाल १ सय ३७ मत प्राप्त गरी विजयी हुँदा मुना पुडासैनी न्यौपानेले १ सय ८ मत प्राप्त गर्नुभएको थियो । यस्तै लेखा समिति संयोजकमा रामशरण तिमिल्सिनाले १ सय २९ मत प्राप्त गरी विजयी हुँदा रामकृष्ण खडकाले १ सय १८ मत प्राप्त गर्नुभएको थियो ।
सर्वसम्वत भएका नगर कमिटिका वडागत सदस्यमा १ बाट श्रीराम थपलिया, राजु अमात्य, नानु गुरूङ, वडा नं २ बाट रामलाल डंगोल, राजेन्द्र पाण्डे, सुमानमान डंगोल, निता डंगोल, वडा नं ३ बाट पशुराम अधिकारी, चिरञ्जिवी बडाल, झंकबहादुर राई, सम्झना रिजाल, वडा नं ४ बाट पैmसल मिया, राजकुमार कुमाल, रामकुमार डंगोल, बिना श्रेष्ठ, वडा नं ५ बाट धु्रव चित्रकार, जनक कुमाल, समुन्द्र चित्रकार, रूपा खाती, कल्पना मिजार, वडा नं ६ बाट रामचन्द्र पौडेल, विष्णुहरी अर्याल, श्यामबहादुर तामाङ, रमा रिमाल, बबिता श्रेष्ठ, वडा नं ७ बाट कमल थापा, आइमान लामा, लालुमाया तामाङ, ज्ञानुमाया थापा ढकाल, वडा नं ८ बाट भिमसेन बोगटी, रामजी श्रेष्ठ, सम्बरत्रबहादुर रिमाल, इन्दिरा मिजार, वडा नं ९ बाट अमित पण्डित, टेकबहादुर सुनार, शिव श्रेष्ठ, सुस्मिता नेपाल, वडा नं १० बाट महेन्द्रबहादुर तामाङ, रामप्रसाद खतिवडा, करूणा तिवारी, वडा नं ११ बाट कृष्णप्रसाद न्यौपाने, ईश्वरीप्रसाद चालिसे, कृष्णप्रसाद तिमिल्सना, सिता प्याकुरेल चापागाई, वडा नं १२ बाट नेत्रबहादुर खतिवडा, नुरप्रसाद अधिकारी, हरिचन्द्र अधिकारी, विश्वराज रिजाल, ज्ञानु तामाङ र वडा नं १३ बाट भोजनारायण श्रेष्ठ, शिव श्रेष्ठ, मञ्जुकुमारी थापा ओझा रहेका छन् ।
प्रतिक्रिया