+
Search

ताजा अपडेट +

पपुलर +

करण तामाङले १३औँ पटक अवार्ड जिते

करण तामाङले १३औँ पटक अवार्ड जिते
त्रिशूली प्रवाह
५ महिना अगाडी

काठमाडौं । बेलकोटगढी नगरपालिका–४ नुवाकोटका करण तामाङ १३औँ पटक अवार्ड विजेता बनेका छन् । शनिबार चलचित्र विकास बोर्ड चाबहिल काठमाडौंमा भएको दोस्रो गौतम बुद्ध म्युजिक एण्ड फिल्म इन्टरनेशनल अवार्ड २०२५ को ग्रान्ड फिनालेमा करणले सर्वाेत्कृष्ट गीतकारको अवार्ड विजेता बनेसँगै उनको जीवनकालमा १३औँ अवार्ड हात पारेको छ ।

बि.एस.के एक्टिभ नेपाल प्रोडक्सन प्रा.लि.को आयोजनामा भएको अवार्डमा करणले मेरी आमा गीतबाट अवार्ड हासिल गरेका हुन् । उनले यो भन्दा अघि कला संगीत र खेलकुदबाट एक दर्जन अवार्ड विजयी हासिल गरिसकेका छन् । सेलो गीत नव गायकमा तेस्रो ज्योती फिल्म म्युजिक अवार्ड, सेलो गीत नव गायकतर्फ जम्बुलिङ इन्टरनेशनल अवार्ड, तामाङ गीतमा तेस्रो नाट्यश्वर म्युजिक अवार्ड, उत्कृष्ट सिरियल कलाकार र निर्देशकमा लाङटाङ राष्ट्रिय म्युजिक अवार्ड २०७९, सिरियल निर्देशकमा उद्दार खवर म्युजिक अवार्ड २०२२, लघु चलचित्र उत्कृष्ट कलाकारमा उद्धार खवर इन्टरनेशनल म्युजिक अवार्ड २०२४ थाइल्यान्ड, उत्कृष्ट गीतकारमा दोेस्रो गौतम बुद्ध म्युजिक एण्ड फिल्म इन्टरनेशनल अवार्ड २०२५, कराँते प्रशिक्षकमा डि.एम.एसएस सिनियर प्रशिक्षक अवार्ड २०२४ पाकिस्तान, कराँते मास्टरमा डि.एम.एस.एस हेडक्वाटर अवार्ड २०२४, विशेष खेलकुदमा अवार्ड अफ एक्सेलेन्स २०२४ लगायतका अवार्ड उनले हात पारेका थिए । यसै क्रममा १३औँ अवार्डको रूपमा उनले गौतम बुद्ध म्युजिक एण्ड फिल्म इन्टरनेशनल अवार्ड ग्रहण गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह