+
Search

ताजा अपडेट +

पपुलर +

साहित्य महोत्सवमा गजल प्रशिक्षण

साहित्य महोत्सवमा गजल प्रशिक्षण
त्रिशूली प्रवाह
५ महिना अगाडी

फकाउँदै, फुल्याउँदै, सुर्‍याउने हजार छन्,
उठाए झैं
गरीगरी, लडाउने हजार छन् ।

धादिङबेँसी । बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजनामा दुईदिने बागमती साहित्य महोत्सव, २०८१ शनिबार सम्पन्न भएको छ । महोत्सवको अन्तिम दिन गजल प्रशिक्षण राखिएको थियो । सो अवसरमा गजलकारद्वय आँचलकुमार शर्मा र सुमी पोखरेलले प्रशिक्षण दिएका थिए ।

नेपाल गजल प्रतिष्ठानको संयोजनमा त्यसै दिन भएको गजल साँझमा गजलकार विनोद बिम्बित, प्रदीप रोदन, डा. प्रदीपकुमार मैनाली, रोमा लम्साल, आर्य आयुषा, अविसास सापकोटा, परिविक्रम अनजान यात्री, दीपमिलनलगायत स्रष्टाले रचना सुनाएका थिए । धादिङबेँसीस्थित बालमन्दिर माविको सभाकक्ष खचाखच स्रोताका साथमा गजल वाचन हुँदा ‘वाहवाह’ र तालीको पर्राले गुञ्जायमान थियो । सयौँको सङ्ख्यामा रहेका भाषा, साहित्य, कला र संस्कृतिप्रेमीबिच सम्पन्न गजल साँझमा सुन्दर र सशक्त शेरहरूमा गजलकारहरू जमेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह