+
Search

ताजा अपडेट +

पपुलर +

तेस्रो आँखा

तेस्रो आँखा
त्रिशूली प्रवाह
५ महिना अगाडी

देसाँ अहिले गणतन्त्र र राजतन्त्रको बहस चलिरहँदा सङ्घीयताको बोझिलो संरचना प्रदेशका चिफ मिनिस्टर र अन्य मिनिस्टर न्वाँकोटतिर मात्र हल्लिरहँदा सुरक्षाकर्मी र घामपार्टीलाई परेको मर्का त्रिनेत्रले चाल पाइहाल्यो । राजतन्त्र न्वाँकोटबाटै घोषणा हुनेजसरी सङ्घ र प्रदेशका मन्त्री यस हप्ता जिल्लामा राम्रै ओहोरदोहोर र बसाइ गरेकाले बिचरा सदरमुकामवासीले धुवाँ, धुलो र हरनको सास्ती मजाले नै खाए । जलस्तम्भ होटेलाँ तीन दिन बसेका प्रदेशका चिफ मिनिस्टरले एक दर्जन कार्जेक्रममा समय दिएपछि राजतन्त्र पक्षधर काठमान्डुतिर सुइँकुच्चा ठोकेको महसुस क्याम्पस सभामा आएका पूर्वधनार्जन र बिजुलीमन्त्री महोदयले चाल नपाउने कुरै भएन । सूर्यनारायणका कँडहरूलाई भने ओली बा’का नेतृत्वमा सरकार बने नि’ बेखुस भएकामा तिनआँखेले बिचरा भन्नेबाहेक के पो नै गर्न सक्छ र ! पालिका, प्रदेश र सङ्घमा प्रतिनिधित्व गराउन नसक्ने हुतिहारा न्वाँकोटे नेतृत्व भएपछि अहिले कार्जेकर्ता र नेता थाम्न परिरहेको सकस पूर्वराष्ट्रपति म्याडमले बुझेकै हुनुपर्छ, कसो कँड ? रसुवातिर भने घामपाटीको जिल्ला अध्यक्ष र जिल्ला सदस्य तथा कालिका गापाका पूर्वप्रमुखले पार्टी परित्याग गरेर के खान खोजेका हुन्, पार्टी प्रवेश गरेर जिल्ला इन्चार्ज बनेको प्रेम दाइले नै जानुन् !

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह