+
Search

ताजा अपडेट +

पपुलर +

बागमती प्रदेशमा बढे परीक्षार्थी, घटे केन्द्र

बागमती प्रदेशमा बढे परीक्षार्थी, घटे केन्द्र
त्रिशूली प्रवाह
३ महिना अगाडी

हेटौँडा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा दिने विद्यार्थीको सङ्ख्या बागमती प्रदेशमा बढेको छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्दै आएको एसइईमा गत वर्षको शैक्षिक सत्रमा भन्दा यस वर्ष बागमतीबाट सहभागी हुने परीक्षार्थीको सङ्ख्या वृद्धि भएको छ । परीक्षार्थी वृद्धि भए पनि पाँच परीक्षा केन्द्र भने यसपटक घटेको छ ।

बागमतीमा ग्रेडवृद्धिसहित नियमिततर्फ सामुदायिक र संस्थागत विद्यालयबाट गत वर्षभन्दा यस वर्ष परीक्षार्थी बढेको बागमती प्रदेश शिक्षा विकास निर्देशनालय, हेटौँडाले जनाएको छ । बागमती प्रदेश, शिक्षा विकास निर्देशनालय हेटौँडाका परीक्षा प्रमुख पवित्रा तिमिल्सिनाका अनुसार यस वर्ष एक लाख आठ हजार पाँच सय ७१ परीक्षार्थी एसइईमा सहभागी हुँदै छन् । गत वर्ष एक लाख ३३ परीक्षार्थी एसइईमा सहभागी थिए । एसइईका लागि प्रदेशभर चार सय ३८ परीक्षा केन्द्र कायम भएको छ । गत वर्ष चार सय ४३ परीक्षा केन्द्र थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह