बालाजु । तुप्चे–काठमाडौंँ एकता समाजको २०औंँ वार्षिक साधारणसभाले सीताराम थापा अध्यक्ष रहेको ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

कार्यसमितिका उपाध्यक्ष खुलामा कृष्णबहादुर केसी सापकोटा, महिला उपाध्यक्षमा फुलमाया तामाङ, सचिवमा गोकर्णप्रसाद लामिछाने, कोषाध्यक्षमा राजनप्रसाद अधिकारी तथा सदस्यमा रामहरि अधिकारी, राजु रिजाल, रूपक भण्डारी, विमला बोगटी, लालमाया तामाङ र रामशरण असरपत्ती चयन भएको निर्वाचन मण्डलका संयोजक तथा समाजका संस्थापक शरणउत्सुक सापकोटाले जानकारी दिनुभयो । विदुर-७ का वडाध्यक्ष रवीन्द्र नेपालले उद्घाटन गर्नुभएको पहिलो सत्रको कार्यक्रम समाजका तत्कालीन अध्यक्ष दीपेन्द्रराज भण्डारीका सभापतित्वमा भएको थियो । सो सभामा समाजका अध्यक्ष भण्डारीले वार्षिक प्रतिवेदन, सचिव कृष्णबहादुर केसीले कार्यप्रगति प्रतिवेदन र कोषाध्यक्ष निराजन अधिकारीले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेकामा सबै पारित भएको जनाइएको छ । समाजका संस्थापक अध्यक्ष भरतकुमार खड्का, पूर्वाध्यक्ष उज्ज्वलजङ्ग ठकुरी र सोमप्रसाद भण्डारी, सल्लाहकार महेन्द्र तामाङ र उत्तमकुमार अधिकारी, सदस्य सुमन अधिकारी र रामहरी अधिकारीलगायतले जन्मथलो तुप्चेको सामाजिक, शैक्षिक, आर्थिक, सांस्कृतिक र धार्मिक क्षेत्रको विकासका लागि समाजले महत्त्वपूर्ण योगदान प¥याइरहेको बताउनुभएको थियो ।
नुवाकोट जिल्ला, साबिक तुप्चे गाविस हाल विदुर–७ बाट राजधानी आई स्थायी वा अस्थायी रूपमा बसोबास गर्दै आएकाहरूबिच भेटघाट र भलाकुसारी गर्ने चौतारीका रूपमा विसं २०६२ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंँमा दर्ता भई सञ्चालन हुँदै आएको समाज विशुद्ध सामाजिक संस्था रहेको बताउँदै नवनिर्वाचित अध्यक्ष थापाले समाजले विगतदेखि गर्दै आएको क्रियाकलाप तथा कार्यलाई निरन्तरता दिँदै आगामी दिनमा गरिने थप कार्यको जानकारीसहित प्रतिबद्धता व्यक्त गर्नुभयो । सभाले रू. तिन हजारमा आजीवन सदस्य विस्तार गर्ने योजनालाई पारित गरेको छ । संस्थामा हाल ७० सदस्य रहेकामा एक सय ५० पुर्याइने लक्ष्य समाजले बनाएको छ ।
प्रतिक्रिया