राजा आउँछन् भन्ने बेमौसमी बाजा न्वाँकोटतिर नि’ गत हप्ता घन्क्यो । राजा आउनेमा उनलाई ल्याउँछौँ भन्ने र आउन खोज्नेलाई विश्वास नभए नि’ पुख्र्यौली थलो गोर्खा जाने क्रममा पूर्वराजाको सचिवालयले शुक्रबार न्वाँकोटलाई ‘ट्रान्जिट’ बनाएपछि राजावादीभन्दा नि’ ठुला दलका कार्जेकर्ताको भिड पो लाग्यो । उनकै पुर्खाले एकीकरण गरेको प्रथम भूमिमा सुरक्षा निकायलाई परेको सास्ती त्रिनेत्रले चाल पाइहाल्यो । ज्ञानेन्द्रलाई राप्रपाका अध्यक्ष हुन सुझाव दिने कांग्रेस सभापति शेबदेका कार्जेकर्ता र शुभेच्छुक शुक्रबार र आइतबारको भिडमा बाक्लै देखिए नि’ राप्रपाका भने कोही नदेख्दा एमाले र माओवादी कँडलाई भने हाइसन्चो भो । ‘नौ दिनमा नौलो, बिस दिनमा बिस्र्याे’ भन्ने उखान चरितार्थ हुनुपर्नेमा भुरेटाकुरे वली, देउपा र प्रचन्नको यही ताल रहे नयाँ राजा कताबाट बर्सने हो, आसर्जे नमाने हुन्छ । उहिले उहिले जस्तो भैरवी शक्तिपीठतिर नगई शौच र केहीबेर सुस्ताउन न्वाँकोट आइपुगेका वृद्ध सुगरपीडित पूर्वराजालाई भिडले पिसाब तुर्काउन हतार गराउँदा बिचरा सुरक्षाकर्मी बट्टारमा चैतको गर्मीले असिनपसिन परेको तिनआँखेले हेर्नै सकेन भन्या !
प्रतिक्रिया