+
Search

ताजा अपडेट +

पपुलर +

घट्यो डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ

घट्यो डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ
त्रिशूली प्रवाह
२ महिना अगाडी

काठमाडौंँ । नेपाल आयल निगमले फेरि डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार रातिदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रू.दुई, हवाई इन्धन (आन्तरिक) तर्फ रू.सात र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ५१ ले घटाएको हो ।

मूल्य घटेसँगै चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र विरगञ्ज क्षेत्रमा डिजेल र मट्टीतेलको भाउ लिटरको रू.एक सय ४६ पैसा ५० भएको छ । यस्तै सुर्खेत र दाङ क्षेत्रमा रू. एक सय ४८ तथा काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा रू.एक सय ४९ पर्नेछ । यस्तै आन्तरिकतर्फको हवाई इन्धन प्रतिलिटर रू.एक सय २५ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर काठमाडौंमा अमेरिकी डलर नौ सय ५२, पोखरामा सात सय ८२ र भैरहवामा सात सय ६७ कायम भएको छ । नुवाकोटमा भने मूल्य घटेपछि डिजेल र मट्टीतेलको मूल्य रू.एक सय ५० पैसा ५० कायम भएको छ । तोकिएको मूल्यमा ढुवानी भाडा काठमाडौंको भन्दा रू.एक ५० पैसा थपिंदा रू.एक सय ५० पैसा भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह