+
Search

ताजा अपडेट +

पपुलर +

१६ दिनमा दुप्चेश्वरको भेटी सात लाख

१६ दिनमा दुप्चेश्वरको भेटी सात लाख
त्रिशूली प्रवाह
१ साल अगाडी

समुन्द्रटार । दोस्रो पशुपतिनाथको रूपमा रहेको नुवाकोटस्थित प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर महादेव मन्दिरमा चैत महिनाको १६ दिनमा रु. ६ लाख ८६ हजार ६० भेटी सङ्कलन भएको छ । दुप्चेश्वर विकास कोषले सार्वजनिक गरेको विवरणअनुसार चैतको १६ दिनमध्ये २ गते एकैदिन रु. एक लाख ६४ हजार आठ सय ४० भेटी सङ्कलन भएको छ ।

Utsuk Books & Stationery
Satkar Machinery Center

कोषका कोषाध्यक्ष राजन श्रेष्ठका अनुसार दुप्चेश्वरमा सङ्कलित भेटी रकम समुन्द्रटारमा रहेको बैंकमा जम्मा गरिएको छ । कोषले मन्दिरमा चढाइने भेटीको दैनिक गणना गरी सार्वजनिक गर्ने गरेको छ । कोषले सङ्कलित भेटी मन्दिरको नाममा रहेको सामाजिक सञ्जाल फेसबुक पेजबाट दैनिक सार्वजनिक गर्ने गरेको छ । दुप्चेश्वर गाउँपालिका-५ मा रहेको यो मन्दिरमा भेटी क्युआरबाट पनि चढाउन सक्ने सुविधा रहेको छ । चैतको १ गते रु. १० हजार चार सय ६५, २ गते रु. एक लाख ६४ हजार आठ सय ४०, ३ गते रु. १८ हजार ६५, ४ गते रु. एक लाख दुई हजार पाँच सय २०, ५ गते रु. सात हजार सात सय, ६ गते रु. १६ हजार २०, ७ गते रु. आठ हजार तीन सय ५५, ९ गते रु. एक लाख २५ हजार ५०, १० गते रु. तीन हजार आठ सय ४५ भेटी सङ्कलन भएको छ । त्यस्तै, चैत ११ गते रु. ७७ हजार तीन सय २५, १२ गते रु. २३ हजार चार सय ५५, १३ गते रु. आठ हजार चार सय २५, १४ गते रु. १५ हजार ८०, १५ गते रु. नौ हजार ६ सय ५५ र १६ गते रु. ८७ हजार एक सय ७० भेटी सङ्कलन भएको फेसबुक पेजबाट सार्वजनिक गरिएको छ ।

मन्दिरमा सोमबार र शनिबार भक्तजन बढी आउने गरेकाले सो दिन अन्य दिनभन्दा भेटी बढी सङ्कलन हुने गरेको कोषले जानकारी दिएको छ । गत २०८० वैशाखदेखि मन्दिरमा चढाइएको भेटी पारदर्शी बनाउँदै मन्दिरको पुजारी र कर्मचारीलाई तलब सुविधाको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष एवम् कोषका अध्यक्ष शंकरबहादुर थापा जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह