+
Search

ताजा अपडेट +

पपुलर +

एमसिसी परियोजनाले निरन्तरता पाउने

एमसिसी परियोजनाले निरन्तरता पाउने
त्रिशूली प्रवाह
२ महिना अगाडी

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनालाई निरन्तरता दिने भएको छ । अमेरिकाका राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि रोकिएको करिब ५५ करोड डलर अनुदान (करिब साढे रु. ७५ अर्ब) बराबरको अमेरिकी सहयोगबाट एमसिसी कम्प्याक्ट परियोजनाले अब निरन्तरता पाउने भएको हो ।

परराष्ट्रमन्त्री डा. आरजु राणाले अमेरिकी राष्ट्रपति ट्रम्पका दक्षिण र मध्यएसियाका लागि राष्ट्रिय सुरक्षा वरिष्ठ निर्देशक रिकी गिलसँगको भेटमा हालै नयाँदिल्लीमा नेपाललाई अमेरिकाले दिँदै आएको एमसिसीलगायत परियोजनालाई निरन्तर गरिदिन आग्रह गरेकी थिइन् । भारतको विदेश मन्त्रालयले नयाँदिल्लीमा आयोजना गरेको ‘राइसिना डायलग’का लागि त्यहाँ रहेका गिलसँग मन्त्री डा. राणाले यही चैत ५ गते भेटवार्ता गरी सो आग्रह गरेकी थिइन् । भेटका क्रममा मन्त्री डा. राणाले नेपाललाई सहयोग पुर्याउन सडक एवम् जलविद्युत् पूर्वाधार परियोजनाका रूपमा भर्खरै सुरु भएको एमसिसी परियोजनाको निर्माण रोकिन पुगेकाले यसलाई निरन्तरता दिनका लागि पुनर्विचार गरिदिन आग्रह गरेकी थिइन् । सुरक्षा निर्देशक गिलले आफूले सो विषयमा पुनर्विचारका लागि प्रक्रिया सुरु गर्ने जानकारी दिँदै अमेरिकाले नेपाललाई दिँदै आएको आर्थिक सहयोगलाई निरन्तरता दिने आश्वासन दिएका थिए । त्यसलगत्तै शनिबार मात्र अमेरिकी सरकारले सो परियोजनालाई निरन्तरता दिने गरी सूचना जारी गरेको छ । एमसिसी परियोजनाले नुवाकोटको बेलकोटगढी-रातमाटे क्षेत्रमा विद्युतीय प्रसारणलाइनको सबस्टेसन निर्माण गर्न जग्गा अधिग्रहण गरेर थप प्रक्रिया अगाडि बढाइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह