+
Search

ताजा अपडेट +

पपुलर +

व्यवस्था परिवर्तनसँगै नाम फेरिँदै गएको कार्यालय

व्यवस्था परिवर्तनसँगै नाम फेरिँदै गएको कार्यालय
त्रिशूली प्रवाह
४७ मिनेट अगाडी

विदुर । बागमती प्रदेश सरकारमातहतमा रहेको उद्योग तथा वाणिज्य कार्यालय, नुवाकोटको आव २०८३/०८४ देखि नाम परिवर्तन भएको छ ।

Utsuk Books & Stationery

प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार स्वीकृत कार्यालयको विस्तृत सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण २०८२ मा भएका व्यवस्थाअनुसार साउनदेखि उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय कायम भएको छ । कार्यालयको नाम पञ्चायती शासन व्यवस्थादेखि घरेलु सिप कार्यालय जिल्ला घरेलु तथा साना उद्योग तालिम केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, गत आवदेखि उद्योग तथा वाणिज्य कार्यालय हुँदै चालू आवको साउनदेखि उद्योग वाणिज्य, पर्यटन तथा यातायात कार्यालय कायम भएको हो । बागमती प्रदेश सरकारले १४ मन्त्रालयबाट ६ मन्त्रालय घटाएसँगै उद्योग तथा वाणिज्य कार्यालयमा यातायात र पर्यटन थपिएको हो । कार्यालयका कार्यक्षेत्र थपिए पनि पुरानै जनशक्तिबाट दैनिक कार्य सञ्चालन भइरहेको कार्यालय प्रमुख सीताराम घिमिरेले ‘त्रिशूली प्रवाह’ साप्ताहिकलाई जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह