+
Search

ताजा अपडेट +

पपुलर +

‘जुलुस’ ले विद्रोहभित्र सुशासन र नैतिकता सिकाउने

‘जुलुस’ ले विद्रोहभित्र सुशासन र नैतिकता सिकाउने
त्रिशूली प्रवाह
२ महिना अगाडी

काठमाडौँ । साहित्यकार लव जोशीको कविता कृति ‘जुलुस’ को विमर्श र सोही सङ्ग्रहभित्र रहेको शीत नाटक ‘देशपरदेश’ को गत बिहीबार मञ्चन भएको छ । जुलुस कविताले विद्रोहभित्र सुशासन र नैतिकता सिकाउने विमोचनका सहभागीले बताउनुभयो ।

Satkar Machinery Center
Utsuk Books & Stationery

आधुनिक साहित्य परिषद्का अध्यक्ष मुरलीप्रसाद ढकालको सभापतित्वमा र सञ्चालन डा.ध्रुव गजुरेलले गरेको कार्यक्रममा सुसेली काव्यविधाका परिकल्पनाकार दुर्गा भमरकोटे, साहित्यकार छवि वैरागी, चन्द्रा न्यौपाने र गोंगबु साहित्य समाजका अध्यक्ष द्वारिका कुइँकेलले कृतिबारे प्रकाश पार्नुभएको थियो । शीत काव्य समाज नेपालका केन्द्रीय अध्यक्ष प्रथम शीत ईश्वर कृष्णबहादुर केसीले कवितासङ्ग्रहको चिरफार गर्नुभएको थियो । कार्यक्रम उद्घाटनपश्चात् कलाकार रामकृष्ण रिजाल र सरोज धमलाले अभिनय गरेको शीत नाटक ‘देशपरदेश’ मञ्चन गरिएको थियो । ‘जुलुस’ कविता सङ्ग्रहभित्रका कविता उपस्थित सबैले वाचन गर्नुभएको थियो । साहित्यकार लव जोशीले ‘देशपरदेश’ ले अझ जिम्मेवारी बोध थपिदिएको बताउनुभयो । ‘आगो’ काव्य विधाका परिकल्पनाकार दीर्घबहादुर चन्दले ‘जुलुस’ विद्रोहभित्र सुशासन र नैतिकता सिकाउने उत्कृष्ट कृति रहेको बताउनुभयो । कार्यक्रममा सुशीला अधिकारी, सरोज जोशी, सरस्वती अर्याल, महेन्द्र थापा, रोजकुमारी थापा, सीता सुवेदी, कमला भण्डारी, वासुदेव ठकुरी, गुन्द्रुके जादुगर, सत्यनारायण ढकाल, रेखा महर्जन, किरण बस्नेत, ज्ञानेन्द्रकुमारी भण्डारी, गीता अर्याल, कमलादेवी सिम्खडा, पार्वती घिमिरे, नवीन घिमिरे, सुनिता बुढाथोकीलगायतले आ-आफ्नो रचना वाचन गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह