+
Search

ताजा अपडेट +

पपुलर +

खातीको ‘आधारभूत मौरीपालन सिकाइ’ प्रकाशित

खातीको ‘आधारभूत मौरीपालन सिकाइ’ प्रकाशित
त्रिशूली प्रवाह
२ घण्टा अगाडी

विदुर । मौरीपालन व्यवसाय सुरु गर्नका लागि उपयोगी ‘आधारभूत मौरीपालन सिकाइ’ पुस्तक यमकुमार खातीले गत महिना प्रकाशन गर्नुभएको छ । विदुर-१३, हर्कपुर आरुडाँडामा जन्मनुभएका समाज सचेतन केन्द्रका संस्थापक अध्यक्ष खातीको पुस्तकबाट मौरीपालन व्यवसायलाई अगाडि बढाउन सहयोग हुने कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ नुवाकोटका प्रमुख रवीन्द्र पौडेलले बताउनुभयो ।

Utsuk Books & Stationery

केन्द्र नै प्रकाशक रहेको १५० पृष्ठको पुस्तकमा मौरीपालनको फाइदा, सम्भावना र चुनौतीदेखि उद्यमशीलता र संस्थागत विकासजस्ता विषय रहेका छन् । पुस्तकको मूल्य रु.दुई सय रहेको छ । केन्द्रको कार्यालय नुवाकोटबाट पुस्तक बिक्री भइरहेको लेखक खातीले बताउनुभयो । मौरीपालन गर्न चाहनेलाई तालिमको अभाव रहँदा पुस्तक सजिलो सिकाइको साथी बन्न सक्ने सामाजिक अभियानकर्मी रामहरि रिमाल बाजेले बताउनुभयो । पुस्तक प्रकाशन भएको एक महिनामा बिक्री राम्रो भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह