न्वाँकोट यस हप्ता सिन्दुरेजात्रामय भइरहे नि’ याँका सूर्जेमुखी कँडहरूलाई भने ओलीबा नेतृत्वमा रुखका टेकामा सरकार बनेदेखि अपमान सहनुपरेको प्रदेश र केन्द्रका नेतालाई के थाहा ? बाकै छायापिएम उपमहासचिवका जिल्लामा काङ्ग्रेसीको रवाफ र दबाबले जिल्ला इन्चार्ज, केन्द्रीय सदस्य र जिल्ला अध्यक्षलगायत पदाधिकारी गायक दुर्गेश थापालाई माथ गर्ने गरी ‘हेरेको हेरै भा को’ तेस्रो आँखाले चाल नपाउने कुरै भएन । सरकार बनेसि’ जिल्ला तहका सरकारी नियुक्ति, सरुवाबढुवामा चिफमिनिस्टरकै खटनपटनले बल्लबल्ल सदस्य पाउँदा नि’ जिल्लास्तरीय संयन्त्रमा बार्गेनिङ र घुर्की लाउन नसक्ने पानीमरुवा कँड परेसि’ क्यार्नु ? कार्जेकर्ता र दुईफिटे नेता अब घन्टी बजाउन पर्छ कि भन्दै फाल्हाल्न थालिसके भन्या । पार्टीका ठेकेदारलाई भने पाटी बचाउन र जोगाउन परेको सकसबारे केन्द्र र प्रदेश नेतृत्वलाई छु मतलब । रसुवामा पार्टी अध्यक्ष र पूर्वपालिका अध्यक्षलगायतले सदस्यता त्याग्दा जताततै गोलमाल भो अन्तरे गोलमाल !
प्रतिक्रिया