+
Search

ताजा अपडेट +

पपुलर +

हिउँदे नगरसभाबाट विदुरको २९ योजनाको बजेट रकमान्तर

हिउँदे नगरसभाबाट विदुरको २९ योजनाको बजेट रकमान्तर
त्रिशूली प्रवाह
२ महिना अगाडी

विदुर । विदुर नगरपालिकाले चालू आवका लागि १५औँ नगरसभाबाट स्वीकृत कार्यक्रममध्येको खर्च नहुने २९ योजनाको बजेट रकमान्तर गरेको छ । गत चैत २८ गते सम्पन्न हिउँदे नगरसभाले २९ योजनाको बजेट २८ योजनामा रकमान्तर गरिएको नगर उपप्रमुख प्रभा बोगटीले जानकारी दिइन् ।

बजेटमा कुनै शीर्षकका लागि राखिएको बजेट अर्को शीर्षकमा खर्च गर्न दिने कामलाई रकमान्तर भनिन्छ । नगरपालिकाको परिषद्ले रु. दुई करोड ३७ लाख ८० हजार रकमान्तर गर्ने स्वीकृति दिएको छ । सम्बन्धित शीर्षकमा खर्च हुन नसकेको रकम निर्णय गराएर रकमान्तर गराउने प्रवृत्ति स्थानीय प्रदेश र सङ्घीय सरकारको अहिले बनेको छ । चालू आवका लागि परिषद्ले योजना बनाएर छुट्याएको, तर अत्यावश्यक नभएको महसुस गरी अत्यावश्यक योजनामा बजेट रकमान्तर गरेको नगर प्रमुख राजन श्रेष्ठले त्रिशूली प्रवाहलाई जानकारी दिए ।

चालू आव २०८१/०८२ का लागि नगरपालिकाले रु. एक अर्ब ११ करोड ५३ लाख ५६ हजार विनियोजन गरेको थियो । सो विनियोजन बजेटमध्ये चालू आवको नौ महिनामा ४८.८९ प्रतिशत अर्थात् रु. ५४ करोड ५३ लाख २३ हजार मात्र खर्च भएको छ । चालू आवका लागि रु. ६९ करोड ६६ लाख ३१ हजार चालूतर्फ र रु. ४१ करोड ८७ लाख २५ हजार पुँजीगततर्फ विनियोजन गरेको थियो । यो अवधिमा नगरबाट चालूतर्फ रु.४१ करोड २९ लाख अर्थात् ५९.२८ प्रतिशत र पुँजीगततर्फ रु. १३ करोड २३ लाख ५४ हजार अर्थात् ३१.६८ प्रतिशत नगरले क्षेत्रगत बजेट खर्च कार्यालयले सञ्चालन तथा प्रशासनिकतर्फ रु. १० करोड २५ लाख ६५ हजार, आर्थिक विकासतर्फ रु. एक करोड नौ लाख ८९ हजार, सामाजिक विकासतर्फ रु. ३० करोड ९१ लख ३१ हजार, पूर्वाधार विकासतर्फ रु. ११ करोड ४४ लाख २७ हजार र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ रु. ८२ लाख नौ हजार खर्च गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह