Star Nuwakot Hospital
+
Search

ताजा अपडेट +

पपुलर +

दुर्गा अवतारको आशा

दुर्गा अवतारको आशा
त्रिशूली प्रवाह
१ साल अगाडी

पौराणिक सूर्यवंशी राजा सुरथ आफूल प्रजापालक प्यारो भएर राज्यको उत्तम प्रगति गरेको देखेर विदेशी कोला विद्यंशी नामका गोप्य दूतले कर्मठ मन्त्रीदेखि राजपुत्रसमेतलाई भड्काएर अपदस्थ गरेपछि दिक्दार भई जङ्गलतिर लागेछन् । त्यसैवेला समाधि नाम भएका सत्कर्मी, कुशल, नामी व्यापारी आफ्नो क्षेत्रमा नाम चलेका थिए । तिनलाई पनि केही काला व्यापारीले रिस गरेर उनकै घरलाई भड्काएर दाजुभाइ, भतिजा सबैलाई गलत सल्लाह दिएर घरबाट निकालेछन् र उनी पनि सबै छाडेर जङ्गल पसेछन् । संयोगले राजा सुरथ र ती वैश्य समाधिबिच भेट भयो । त्यत्रो दुःखले गरेको सृष्टि बर्बाद भएकाले पुनः संरक्षण गर्ने उपायको खोजीमा दुवै घुम्दा जङ्गलमा तपस्यारत महामुनि मार्कण्डेयका कुटीमा पुगेछन् र आ–आफ्ना दुःख पोखेछन् । ऋषिले ढाडस दिँदै नवदुर्गाको शक्तिबाटै सबै समस्याको समाधान हुने बताइदिए । महिषासुर दैत्यले इन्द्रादि देवगणसहित सम्पूर्णको राज्य हरण गरेका बेलामा ‘ॐ ऐं, ह्रिँ, क्लीँ चामुण्डायै विच्चेः’ भन्ने चण्डीको भन्ने मूलमन्त्र जपेरै देवीको उपासना गर्दा नौ रूपधारण गरेर महिषासुर गणको नाश गरी सम्पूर्ण देवगणलाई आ–आफ्ना राज्य फिर्ता गरेको कथा मार्ककण्डेय ऋषिले दुईजनालाई सुनाइदिए । महर्षिको आशीर्वचन पालन गरेपछि राजा सुरथ समाधि वैश्यको उद्धार भएको कथा नै हाम्रो नवरात्रि पूजा र विजयादशमी हो ।

आज हाम्रो देश पनि सुरथ र समाधिले जस्तै दुःख भोग्दै छ । यसवेला चुक्यो भने भविष्य अन्धकार छ । सुरथ र समाधिको वनबास भए जस्तै खाँटी नेपालीको विस्थापन गराएर अपराधकर्मीले राज गर्न सक्ने अवस्था देखिँदै छ । यहाँका नेता, प्रहरीहरूको मन, बुद्धि बिग्रेको देख्दा महाकालीले नेपाली दुर्गाको रूप लिनैपर्छ । सर्वपक्षीय बैठक बसेर मुलुकको रक्षा गर्ने उपाय सोचौँ । समयले कसैलाई पर्खेर बस्नेछैन । सबैलाई चेतना भया !

विदुर–४
बागवानी, नुवाकोट

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह