+
Search

ताजा अपडेट +

पपुलर +

मेरो माइक्रोको शाखा प्रबन्धकस्तरीय गोष्ठी

मेरो माइक्रोको शाखा प्रबन्धकस्तरीय गोष्ठी
त्रिशूली प्रवाह
२ महिना अगाडी

काठमाडौँ । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना कर्मचारीको नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले शाखा प्रबन्धकस्तरीय गोष्ठी पोखरामा सम्पन्न गरेको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै संस्थाका सञ्चालक समितिका अध्यक्ष कल्याणविक्रम पाण्डेले वर्तमान अवस्था र चुनौती सम्बन्धमा आवश्यक निर्देशन दिँदै मन, वचन तथा कर्मबाट योगदान गर्न कर्मचारीलाई प्रेरित गरेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले अर्थतन्त्रमा देखिएको प्रतिकूल परिस्थितिलाई सहजै ग्रहण गर्न यस गोष्ठीले प्रबन्धक सक्षम भई बजारमा आफूलाई स्थापित गर्न सक्नुपर्नेमा जोड दिए ।

उक्त गोष्ठीमा युवापुस्ताका मोटिभेटर तथा पूर्वबैंकर अनिलकेसरी शाह, लघुवित्त विज्ञ नुमनाथ पौडेल र अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर सौनक भट्टले सहजीकरण गरेका थिए । दुईदिने गोष्ठीमा हिमालदेखि तराईसम्म र मेचीदेखि महाकालीसम्मका एक सय ४९ शाखा कार्यालयका शाखा प्रबन्धक, प्रदेश कार्यालयका प्रमुख, १९ वटा अनुगमन कार्यालयका प्रमुख तथा केन्द्रीय कार्यालयका विभिन्न्न विभागका प्रमुखसहित करिब दुई सयजनाको सहभागिता रहेको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

त्रिशूली प्रवाह