सरकारले शैक्षिक सत्र २०८२ को भर्ना अभियान घोषणा गरेनि’ मास्टरले नटेरेसि’ इस्कुल सुनसान नहुने कुरै भएन । सरकारी तलपभत्ताका मास्टर आन्दोलनाँ गएनि’ न्वाँकोटतिर निजी इस्कुलमा भर्ना अभियान उत्साहमय नहुँदा लगानीकर्तालाई खल्लो भइराख्या छ भन्या ! निजी क्षेत्रलाई उकास्न र आफ्नो हकहित स्थापित गर्न आन्दोलित मास्टरलाई छड्के सलाम गर्नैपर्छ । नयाँ सालाँ नयाँ किताप पढौँ भन्दै बोर्डिङका सर, म्याडमले बर्सेनि गर्ने पाठ्यपुस्तक चलखेलले कसलाई फाइदा पुग्यो, तीनपाथीको नागरिक समाजले लेखाजोखा गर्दै होला । सिँगान पुछ्न नसक्ने, अक्षर नचिन्ने भुराभुरीलाई डेढ हजारभन्दा बढी मोलका कितापको भारी बोकाउँदा अभिभावकको ढाड लचक्कै भाको भने त्रिनेत्रले देखिहाल्यो । सर्खारले इस्कुलमा किताप, कापी, ड्रेस र फिस छुट गरेनि’ आन्दोलनले पाठ्यपुस्तक र बालबालिका अलपत्र, प्राइबेट स्कुललाई विद्यार्थी पाउन गाह्रो र सरकारीलाई टिकाउनै सकस भाको छर्लङ्गै छ । शैक्षिक बेरोजगार बढाउने कारखाना चलाउनुभन्दा त आन्दोलन गर्दा नै हाइसन्चो, कसो सर्खार !
प्रतिक्रिया